टोकियोमा नेपाली महिला आफ्नै कोठामा मृत अवस्थामा

टोकियोमा नेपाली महिला आफ्नै कोठामा मृत अवस्थामा


  • टोकियो (जापान)

जापानको टोकियोमा एक जना नेपाली युवतीको असामयिक निधन भएको छ।

नेपाल मोरङ बेलबारी नगरपालिका वडा नम्बर ९ स्थायी घर भइ जापानको हानेदा एयरपोर्टको टर्मिनलमा कार्यरत कविता राजवंशी आफ्नै कोठामै मृत फेला परेकी हुन् ।

स्रोतका अनुसार गत महिनाको २८ तारिखबाट सम्पर्कविहीन भएकी कविता ४ दिनपछि जुलाई १ तारिख ओमोरीस्थित आफ्नै कोठामा झुण्डिएको अवस्थामा भेटिएकी थिइन् ।

हाल उक्त घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको बताइएको छ।