कवि सुवेदी सम्मानित

कवि सुवेदी सम्मानित


कवि तथा गीतकार रामबाबु सुवेदी आज ‘रमाइला नानी बालसाहित्य पुरस्कार २०८०’ बाट सम्मानित हुनुभएको छ ।

नेपाली भाषा र साहित्यका मूर्धन्य स्रष्टा कृष्णप्रसाद पराजुलीको स्मृतिमा स्थापित सो पुरस्कारबाट साहित्य अध्यापक तथा अनुसन्धाता डिल्ली नेपाल पनि पुरस्कृत हुनुभएको छ ।

पराजुलीको ८०औँ जन्मजयन्तीको अवसरमा आज यहाँ आयोजित एक कार्यक्रममा वातावरणविद् तथा लेखक डा. तीर्थबाबु श्रेष्ठले उहाँहरूलाई सो पुरस्कार प्रदान गर्नुभयो ।

पुरस्कार प्रदान तथा सम्मान समारोहमा नेपाल बालसाहित्य समाजका पूर्वअध्यक्ष प्राडा ध्रुव घिमिरे, भाषाशास्त्री प्राडा चूडामणि बन्धु, भाषा साहित्य अध्यापक प्राडा कपिल लामिछाने र सम्मानित व्यक्तित्व सुवेदीले साहित्यकार पराजुलीले नेपाली भाषा साहित्य र त्यसमा पनि बालसाहित्यको श्रीवृद्धिमा पुऱ्याउनुभएको योगदानबारे चर्चा गर्नुभयो ।

कार्यक्रममा पराजुली र सुवेदीद्वारा रचित एकरएक वटा बालगीत गायक राजेन्द्र श्रेष्ठ र दुर्गा परियारले क्रमशः प्रस्तुत गर्नुभएको थियो ।

विसं २००४ मा हंशपुर, कास्कीमा जन्मनुभएका सुवेदी नेपाली साहित्यका फाँटमा विगत पाँच दशकदेखि सक्रिय हुनुहुन्छ । उहाँ मूलतः बाल कविता र बाल गीतका क्षेत्रमा निरन्तर सिर्जनारत हुनुहुन्छ । उहाँँका तीन दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।

त्यस्तै नेपालले स्व पराजुलीकृत मनमाया काव्यमा विषद् शोध गर्नुभएको छ ।