तमु समाज बेल्जियमको १२औँ अधिवेशन सम्पन्न

तमु समाज बेल्जियमको १२औँ अधिवेशन सम्पन्न


होम गुरुङको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति चयन

  • विशेष सम्वाददाता, बेल्जियम

तमु समाज बेल्जियमले आफ्नो १२औँ अधिवेशन गत शनिबार (जुलाइ ८) भव्यतापूर्वक सम्पन्न गरेको छ । नेपाली राजदूत गेहेन्द्र राजभण्डारी र समाजका अभिभावक जोगमान गुरुङद्वारा संयुक्त रुपमा उद्घाटन गरिएको अधिवेशनले होम गुरुङको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति चयन गरेको छ ।

निर्वाचित समितिको उपाध्यक्षहरुमा क्रमशः राम घले, अनिता घले, सुर्य बहादुर गुरुङ र बबिता तमुस्यो रहेका छन् भने महासचिवमा चित्रजङ्ग गुरुङ चयन भएका छन् । यस्तै, सचिवमा उमा तमुस्यो, कोषाध्यक्षमा इश्वरी तमुस्यो र सदस्यहरुमा क्रमशः बिना तमुस्यो, दिलमाया तमुस्यो, पुर्णशोभा तमुस्यो, लेखराज गुरुङ रहेका छन् ।

अधिवेशनले तमु समाजका अग्रजहरु आमाहरुको पनि एक समिति निर्माण गरेको छ । जसमा अध्यक्ष श्रीमती मन्दरा तमुस्यो, उपाध्यक्षद्वय मुना तमुस्यो र ज्योती तमुस्यो, महासचिव बिना तमुस्यो, सचिव माया तमुस्यो, कोषाध्यक्ष पूर्ण शोभा तमुस्यो, सह-कोषाध्यक्ष हिरा तमुस्यो र सदस्यहरुमा क्रमशः सरला तमुस्यो (सेन्त्रादुन), पुष्पा तमुस्यो (ब्रुसेल्स), मुना तमुस्यो (ब्रुसेल्स), मिना तमुस्यो (ओस्टेन्डे), रिता तमुस्यो (लुबेन), मोना तमुस्यो (लुबेन), जिवन्ती तमुस्यो (लुबेन), मिसिरी तमुस्यो (लुबेन), खुशी तमुस्यो (लुबेन) र तारा तमुस्यो (लुबेन) छानिएका छन् ।

संस्थाको अधिवेशनलाई प्रमुख अतिथि राजदूत राजभण्डारी, एनआरएनका महासचिव जानकी गुरुङ, एनआरएनएका सचिव गंगाधर गौतम, एनआरएनए बेल्जियमका अध्यक्ष खड्कबहादुर केसी, संस्थाका जेष्ठ सदस्य जोगमान गुरुङ, संस्थापन अध्यक्ष मीन गुरुङ, जनजाती महासंघ बेल्जियमका अध्यक्ष वीरमान मगर लगायत बेल्जियममा सक्रिय संघ संस्थाका अध्यक्ष प्रतिनिधिहरुले शुभकामना दिएका थिए ।