भानुभक्त

भानुभक्त


✍ राजेन्द्र पाठक

श्रीभानुका चरणमा फूल खस्दा ।
सेवा निवृत्त भैकन बस्दा ।।
घाँसिका वचनले घत् लाग्यो ।
कुलीन घरको मद् भाग्यो ।।

कृतिले जीवन सिञ्चिनु नै छ ।
कर्मविनाको फल बेकार छ ।।
कृतिले जीवन धन्य बनाऊ ।
कुलको फूल हो भन्ने जनाऊ ।।

शिलविनाको शिक्षा अधुरो छ ।
जूनकिरीको ज्वाला मधुरो छ ।।
औँशीको अँध्यारो पनि भाग्छ ।
रातमा लाटोकोशेरो पनि जाग्छ ।।

धनभन्दा मन झन् बलियो छ ।
तनको अस्तित्व क्षणिक् छ ।।
फूर्तिले सेवासघाइ गर जाउ ।
जन जनको मनमा घर पाउ ।।