ज्ञानु (ज्ञानेन्द्र) बर्तौला एनसीसी अष्ट्रीयाको सचिब पदमा  निर्बिरोध निर्बाचित 

ज्ञानु (ज्ञानेन्द्र) बर्तौला एनसीसी अष्ट्रीयाको सचिब पदमा  निर्बिरोध निर्बाचित 


  • घटना र विचार 

गैरआबासीय नेपाली संघ  रास्ट्रीय समुन्वय परिषद २०२३ -२०२५ कार्यकालका लागी  अष्ट्रीयाको संघिय राज्य वेल्स निवासी युबा ब्यबसायी ज्ञानु ( ज्ञानेन्द्र ) बर्तौला निर्बिरोध निर्बाचित भएका छन।  निर्बाचन समितिले सनिबार साँझ प्रकाशित गरेको सूचना अनुसार उनी निर्बिरोध निर्बाचित भएको जनाएको हो।  बिगत दुइ दशक देखि अष्ट्रीयामा बसोबास गर्दै आएका बर्तौला ट्रान्सपोर्ट ब्यबसायमा संग्लग्न छन्।  

मध्य युरोपको अतिबिकशित मुलुक अष्ट्रीया  गैरआबासीय नेपाली संघको  २०२३ -२०२५ कार्यकालको लागी  निर्बाचनको संघारमा छ।  यसका लागि बिभिन्न प्रत्यासी हरुले  आफ्नो आफ्नो उमेद्वारी दिएका थिए जस अनुसार , सचिबमा ज्ञानु ( ज्ञानेन्द्र ) बर्तौला  र रिमा बिष्ट   , कोषादक्षमा बिरेन्द्र बहादुर  पुन मगर  , युबा संयोजकमा फुर्बा तामाङ्ग  , महिला संयोजकमा निर्मला कार्की ( निरु ) , युबा उप- संयोजकमा राजीब थेबे  , सह-कोषादक्षमा राजु रामदाम  र कार्यसमिति  सदस्य कुमीर घर्तिमगर  निर्बिरोध निर्बाचित भएको निर्बाचन समितिले जनाएको हो। 

कार्यसमितिको लागी बाँकी  पदहरु ,आइसीसी सदस्य , अध्यक्ष , उपादक्ष , महिला उपादक्ष र महासचिब पदमा भने यसै महिनाको २२ तारीकका दिन निर्बाचन गरिने  निर्बाचन समितिले जनाएको छ।  

फाइल तस्बिर