गुँइठेको सहिष्णुता…!

गुँइठेको सहिष्णुता…!


बेलाको बोली
✍ मोहन लामा रुम्बा

हामीलाई सहिष्णुताको पाठ नसिकाउ गुँइठे ! बुद्ध-जन्मभूमि लुम्बिनीको गेटअगाडि नै मस्जिद छ, स्वयम्भूनाथ मन्दिरको फेदीमा नै मस्जिद र कब्रगाह राख्न दिएको छ । हिन्दुराजाको राजदरबारअगाडि नै मस्जिद बनाएर बस्न दिएको थियो ।

मस्जिद बनाएर कुनै राई लिम्बु तामाङ गुरुङ नेवार बाहुन क्षेत्रीलाई मुस्लिम बनाएर पाठ गर्दैन, हजारौँ वर्षअगाडिदेखि उनीहरू विभाजित भइसकेको जाति भएकोले एकापसमा सहिष्णुतापुर्वक बसिरहेका छन्, अहिलेसम्म कुनै फरक परेको छैन र, पर्दैन पनि ।

तर क्रिस्चियन भनेको मुस्लिम जस्तो होइन । मुस्लिम आफ्नै जगमा उभिएको धर्म हो भने क्रीस्चियन अरुको घरको जगमा उभ्याइएको धर्म हो । यही हाम्रै हिन्दु बौद्ध किराँत मान्ने समुदायहरूको घरको जगमा उभ्याएको धर्म हो । जुन जगमा उभिएको छ त्यही जगलाई सखाप पार्ने धर्म हो क्रिश्चियन ! यहाँको रैथाने परम्परागत धर्म मान्नेहरूलाई कसरी इसाईमा ल्याउन सकिन्छ भनेर परिचालित मिसनरी धर्म हो । त्यसैले इसाई मिसनरीले प्रत्येक पास्टरलाई प्रशिक्षण दिँदा एउटा-एउटा किताब दिएको हुन्छ, उक्त किताबमा यहाँको परम्परागत हिन्दु बौद्धसँग कसरी ‘डिल’ गर्नुपर्छ भनेर लेखेर दिएको हुन्छ ।

‘धर्महरूको सुरुवात’ नामक सो पुस्तक बजारमा पाइँदैन, यो पुस्तक इसाई भैसकेको नेपाली पास्टरहरूलाई हिन्दु/बौद्धसँग कसरी बहस गर्नुपर्छ भनेर भित्र-भित्र वितरण गर्ने पुस्तक हो, त्यसमा लेखिएको केही अंश हेरौँ-

बौद्ध धर्म बारेमा :
देखावटी रूपमा धर्मकर्म गर्ने, बौद्ध गुम्बा परिक्रमा गरी मूर्तिलाई ढोग्ने, माला जप्ने अनि हातमा घुमाउने माला लिएर ‘ओ मने पदमे हुँ’ भन्दै तिनीहरू कराइरहन्छन्’ निष्कर्षमा भन्ने हो भने तिनीहरूको अन्तिम गन्तव्य आगोको भट्टी हो यसलाई नरक भनिन्छ सैतान र त्यसलाई पछ्याउनेहरूलाई सदाको निम्ति त्यस ठाउँमा फालिने छ । (धर्महरूको सुरुवात : पृष्ठ १७०)

हिन्दु धर्म बारेमा :
हिन्दुहरूको उद्धारकर्ता विष्णुको मूर्तिलाई हेर्ने हो भने उ सातवटा टाउको भएको सर्पमाथि सुतिरहेको देख्न सकिन्छ । त्यसैगरी शिवलाई हेर्ने हो भने उसले सर्पलाई बेरेको हुन्छ । धर्मशास्त्र बाइबलअनुसार सर्प र अजिङ्गर भनेको दुष्ट र शैतानको प्रतिक हो (प्रकाश २०ः२) हिन्दु धर्ममा देखिने ती स्वरुपहरूले गर्दा ती शैतानी धर्म हो भनी स्पष्ट हुन्छ । (धर्महरुको सुरुवात – पृष्ठ १५०)

यस्तो पाठ्यक्रम पढाएर हुर्काएको पास्टरहरूले मन्दिर/गुम्बाअगाडि चर्च घर बनाएर राख्दा सहिष्णुताको सन्देश दिन्छन् कि सैतान भनेर सराप्दै बस्छन् ?

अन्तमा,
क्रीस्चियन कुनै इजरायल युरोपबाट आएको प्रवासी जाति होइन यही हाम्रै किराँतको थान बौद्धको गुम्बा हिन्दुको मन्दिरबाट तिमीहरूको सैतान धर्मबाट मुक्ति हुन्न भन्दै मान्छे लगेर चर्चमा थुपारेको एउटा झुन्ड हो । त्यही नयाँ झुन्डलाई फेरि त्यही मन्दिर थान गुम्बाको अगाडि बस्न दिनु भनेको भर्खरै स्वास्नी लैजाने जारलाई त्यसैको आँगनमा नाङ्लो पसल राख्न दिएको जस्तो भएन र गुँइठे ?

(मोहन लामाको फेसबुकबाट)