षडानन्दहरू

षडानन्दहरू


✍ श्यामकृष्ण लम्साल

धेरै समयको अन्तरालमा
षडानन्दहरू जन्मिने गरेका छन्
धरतीमा
उज्यालो बाँड्न
समयका पल-पलमा
आफू जलेर
अरुलाई उज्यालो दिन
आफू रित्तिएर
आफू सिद्दिएर
दुनियालाई केही दिन, सुरम्य पथमा डोहोऱ्याउन
दुनियालाई उज्यालो चाहिन्छ भनेर
घाम र जून बन्दै
धेरै समयको अन्तरालमा
झुल्किने गरेका छन्
बालागुरु षडानन्दहरू ।