निउरेको अध्यक्षतामा एनआरएनए जापानको नयाँ कार्यसमिति

निउरेको अध्यक्षतामा एनआरएनए जापानको नयाँ कार्यसमिति


  • विशेष प्रतिनिधि, टोकियो (जापान)

एनआरएनए जापानको अध्यक्षमा नवीन निउरे चयन भएका छन् । २९५५ मत प्राप्त गरी निउरेले अध्यक्षको जिम्मेवारी हासिल गरेका हुन् । निउरे निवर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष पदमा रहेका थिए ।

यस्तैगरी, उपाध्यक्षहरुमा सिद्धार्थ श्रेष्ठ, कृष्ण गैरे, देवराज उप्रेती, सुभास लामिछाने र सचिन श्रेष्ठ निर्वाचित भएका छन् भने महिला उपाध्यक्षमा एलिजा केसी भण्डारीलाई विजयीश्री मिलेको छ ।

नयाँ कार्यसमितिको महासचिव पदमा टिकाराम खरेल, सचिवमा दिलिप कँडेल, दिपेश खत्री र अर्जुन थापा निर्वाचित भएका छन् । महिला सचिवमा भने चन्द्रकुमारी केसी निर्विरोध चयन भएकी छन् ।

यस्तै, कोषाध्यक्षमा दीपक सुनार, सह(कोषाध्यक्षमा रामबहादुर थापा चयन भएका छन् भने महिला सह(कोषाध्यक्षमा अन्जु भण्डारी यसअघि नै निर्विरोध चयन भएकी थिइन् ।

यसका साथै महिला संयोजकमा हेमा पाण्डे र युवा संयोजक पदमा मुक्तिराज रेग्मी निर्विरोध चयन भएका छन् भने नयाँ कार्यसमितिको सदस्यमा दिनेश कँडेल, नेत्र प्रसाद पाण्डे, ध्रुव गौतम, रामु कँडेल, विनय गुरुङ, ज्योति केसी र दिलिप शर्मा चयन भएका छन् ।