गैरआवासीय नेपाली संघ इटालीको महाधिवेशन सम्पन्न

गैरआवासीय नेपाली संघ इटालीको महाधिवेशन सम्पन्न


अध्यक्षमा सिंह र आइसीसी सदस्यमा कँडेल निर्विरोध निर्वाचित

  • विशेष प्रतिनिधि, इटाली

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति इटालीको आठौँ राष्ट्रिय महाधिवेशन इटालीको शहर मिलानमा सम्पन्न भएको छ । नेपाली राजदूतावास स्विजरल्याण्डको तर्फबाट कार्यवाहक राजदूत उत्तमकुमार शाही प्रमुख अथिति रहेको कार्यक्रम आइतबार सम्पन्न भएको हो ।

एनआरएनए इटालीका आइसीसी सदस्य तथा निर्वाचन पर्यवेक्षक राजन चापागाईं र वरिष्ठ सल्लाहकार रिचार्ड भण्डारी विशेष अतिथि रहेको तथा एनसीसी २१-२३ का अध्यक्ष छविलाल कँडेलले सभापतित्व गरेको कार्यक्रमलाई सोही कार्यसमितिका महासचिव भवेशकुमार सिंहले संचालन गरेका थिए । महिला संयोजक विना मगरातीले स्वागत मन्तब्य दिएर सुरु भएको कार्यक्रममा एनसीसी इटालीका उपाध्यक्ष भोजराज कँडेलले कार्यसमितिका गतिविधिहरूमाथि प्रकाश पारेका थिए । यस्तै, संघका पूर्व उपाध्यक्ष मनोजकुमार कार्की, नेपाल मितेरी मञ्च मिलानोका अध्यक्ष रोजन राना, आइसीसी सदस्य राजन चापागाईंले अधिवेशन सफलतको शुभकामना दिँदै एनआरएनए इटाली २०२१-२०२३ कार्यकाल गरेका कामहरूलाई धन्यवाद दिएका थिए ।

राष्ट्रिय महाधिवेशनमा राष्ट्रिय समन्वय परिषद् इटालीका वरिष्ठ सल्लाहकार रिचार्ड भण्डारीले २०२१–२०२३ कार्यकाल पूर्ण रुपमा सफल रहेको जानकारी गराउँदै गैरआवासीय नेपाली संघ इटालीले आगामी दिनमा पनि सहमति र सहकार्य गर्दै सबैलाइ समेटेर अगाडि बढ्ने धारणा राखेका थिए ।

स्विजरल्याण्ड तथा इटालीको लागि नेपाली कार्यवाहक राजदूत उत्तमकुमार शाहीले इटालीवासी गैरआवासीय नेपालीहरुको आवश्यकतामा नेपाली राजदूतावास एनआरएनए इटालीसँग हातेमालो गर्दै अगाडि बढ्ने जानकारी गराउँदै अधिवेशन सफलताको कामना साथै नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको लागि शुभकामना दिएका थिए ।

एनआरएनए इटाली २१–२३ को तर्फबाट अध्यक्ष छविलाल कँडेलले आफ्नो नेतृत्वकालमा सम्पादन गरिएका कार्यहरुको बारेमा प्रकाश पार्दै कार्यकाल सफल पार्न सहयोग गर्नुहुने नेपाली कन्सुलेट रोमका कन्सुलर पाओलो नुगारी, नेपाली राजदुतावास स्विजरल्याण्ड, संघका वरिष्ठ सल्लाहकार रिचार्ड भण्डारीज्यु, पूर्वअध्यक्ष देवराज गुरुङ, पूर्वअध्यक्ष तथा आइसीसी सदस्य दिपेशकुमार रेग्मी, आइसीसी सदस्य राजन चापागार्इं, कार्यसमितिका सहकर्मीहरु, इटालीस्थित स्थानीय नेपाली समाज तथा समाजसेवी व्यक्तित्वहरु, पत्रकार, कलाकार बुद्धिजीवीलगायत सम्पूर्ण इटालीवासी संघका पंजीकृत सदस्य एवम् संघलाई माया गर्ने सबैलाई धन्यवाद दिएका थिए ।

महाधिवेशनका दौरान अध्यक्ष कँडेलले नेपाली कन्सुलेट रोमका कन्सुलर पाओलो नुगारी, सम्पूर्ण स्थानीय नेपालीसमाज, वरिष्ठ सल्लाहकार रिचार्ड भण्डारीलाई विशेष सम्मानका साथ कदरपत्र समेत प्रदान गरेका थिए ।

आठौँ राष्ट्रिय महाधिवेशनको सफलताको लागि नेपाली समाज रोमका अध्यक्ष देवराज गुरुङ, नेपाली समाज पिसाका अध्यक्ष बद्रीनारायण चौधरी, एनआरएनए यूरोप संयोजकद्वय चिन्तामणि सापकोटा, सन्तोष भट्टराई, एनआरएनए आइसीसी उपाध्यक्ष आरके शर्माबाट शुभकामना सन्देशहरू प्राप्त भएका थिए ।

महाधिवेसनको अन्त्यमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समुन्वय परिषद इटालीको २३ (२५ कार्यकालका लागी गठित निर्वाचन समितिका संयोजक उत्सव घिमिरेले सर्वसहमतिबाट निर्विरोध रुपमा २३-२५ को लागि भवेशकुमार सिंहको नेतृत्वमा गठित नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको र आइसीसी सदस्यमा वर्तमान अध्यक्षसमेत रहेका छविलाल कँडेल निर्विरोध रुपमा निर्वाचित भएको घोषणा गरेका थिए ।

निर्वाचन समितिका संयोजकले २३–२५ कार्यकालका लागि उपाध्यक्षमा केशव गुरुङ र देवानन्द बराल, महासचिवमा अशोक उप्रेती, सचिवमा गोपालमान श्रेष्ठ, सह–सचिव जीत बन्जारा, कोषाध्यक्ष दीर्घा थापा, सह-कोषाध्यक्ष विना मंग्राती, युवा संयोजक हरि श्रेष्ठ, महिला संयोजक शिव पाठक, सदस्यहरू दिलबहादुर खत्री, लक्ष्मी उप्रेती, सागर कार्की निर्विरोध निर्वाचित भएको समेत घोषणा गरेका थिए ।

कार्यक्रमको अन्त्यमा २१–२३ कार्यसमितिका अध्यक्ष तथा नवनिर्वाचित अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य छविलाल कँडेलले नवनिर्वाचित अध्यक्ष भवेशकुमार सिंहलगायत सम्पूर्ण निर्वाचित टिमलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै आठौँ अधिवेशन सम्पन्न गर्न सहयोग गर्ने निर्वाचन संयोजक, उपसंयोजकहरू, स्थानीय नेपाली समाज, संघ-संगठनका साथै सम्पूर्ण इटालीवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई धन्यवाद ब्यक्त गरेका थिए ।

महाधिबेसनको अन्त्यमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समुन्वय परिषद इटालीको २३ -२५ कार्यकालका लागी गठित निर्बाचन समितिका संयोजक उत्सब घिमिरेले सर्बसहमतिबाट निर्बिरोध रुपमा २३ – २५ को लागि भबेस कुमार सिंहको नेतृत्वमा गठित नँया कार्यसमिति निर्बिरोध निर्बाचित भएको र आइसीसी सदस्यमा वर्तमान अध्यक्ष समेत रहेका छबिलाल कंडेल निर्बिरोध रुपमा निर्बाचित भएको घोषणा गर्नुभएको थियो। निर्बाचन समितिका संयोजकले २३- २५ कार्यकालका लागी उपादक्षमा केशव गुरुङ र देवानन्द बराल, महासचिवमा अशोक उप्रेती, सचिवमा गोपालमान श्रेष्ठ, सह-सचिव जीत बन्जारा, कोषाध्यक्ष दिर्घा थापा, सह-कोषाध्यक्ष बिना मंग्राती, युवा संयोजक हरि श्रेष्ठ, महिला संयोजक शिव पाठक, सदस्यहरू दिल बहादुर खत्री, लक्ष्मी उप्रेती, सागर कार्की निर्बिरोध निर्बाचित भएको समेत घोषणा गर्नुभएको थियो।

कार्यक्रमको अन्त्यमा २१-२३ कार्यसमितिका अध्यक्ष तथा नब निर्बाचित अन्तराष्ट्रिय समुन्वय परिषद सदस्य छबिलाल कँडेलले नबनिर्बाचित अध्यक्ष श्री भबेशकुमार सिंह लगायत सम्पूर्ण निर्बाचित टिम लाइ बधाई तथा सफल कार्यकालको शुभकामना दिदै आठौ अधिबेशन सम्पन्न गर्न सहयोग गर्नुहुने निर्बाचन संयोजक , उपसंयोजकहरु , स्थानीय नेपाली समाजहरु , संघ संगठन साथै सम्पूर्ण इटालीबासि नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई धन्यबाद ब्यक्त गर्नुभएको थियो।