‘हेल्लो क्यानाडा म आउँदै छु’ : कालीप्रसाद

‘हेल्लो क्यानाडा म आउँदै छु’ : कालीप्रसाद


संगीतकार तथा गायक कालीप्रसाद बाँस्कोटा क्यानाडामा गुञ्जिने भएका छन् । आउँदो सेप्टेम्बर १६ मा आगन इभेन्टको प्रस्तुतिमा आयोजना हुने समारोहमा कालीले आफूद्वारा संगीतबद्ध तथा स्वरबद्ध गीत प्रस्तुत गर्नेछन् । ‘हेल्लो क्यानाडा म आउँदै छ, भेटेर रमाइलो गर्नुपर्छ है’, कालीले भिडियोमा सम्बोधन गर्दै भनेका छन् ।

क्यानाडास्थित मिसीसागा शहरमा हुने प्रस्तुतिलाई लिएर दर्शक प्रतीक्षित रहेको आगन इभेन्टका अध्यक्ष ज्ञान भण्डारीले जानकारी दिए । उनले भने, ‘कालीजीको लोकप्रियता र क्यानाडामा रहेका नेपालीमाझ रहेको क्रेजलाई मध्यनजर गर्दै टूर आयोजना गरेका हौँ । यहाँ हुने विविध कार्यक्रममा उहाँ गीत गुञ्जिने गरेको छ ।’ कालीले फिल्ममा दिएको गीतसंगीत स्रोतामाझ लोकप्रिय छ ।

यसअगाडी जुलाईमा अध्यक्ष भण्डारीसहितको टिमले ‘शकम्बरी साँझ’को आयोजना सफलतापूर्वक सम्पन्न गरेका थिए । आउँदो इभेन्ट पछिल्लो भन्दा पनि ग्राण्ड हुने उनले बताएका छन् । इभेन्टमा कालीप्रसादसँगै गायिका मौसमी गुरुङ, लोकगायक मानसिंह खड्का, गायिका पवित्रा कार्की, गायिका सरू देउजाले गायन प्रस्तु गर्दैछन् भने मोडल सुधिर श्रेष्ठ र मनोज बिकले आफ्नो नृत्य प्रस्तुत गर्नेछन् ।