एनआरएनए अमेरिकाका निवर्तमान वरिष्ठ उपाध्यक्ष पन्थ आइसीसी सचिवमा भिड्दै

एनआरएनए अमेरिकाका निवर्तमान वरिष्ठ उपाध्यक्ष पन्थ आइसीसी सचिवमा भिड्दै


लामो समयदेखि अमेरिकाको मेरिल्याण्डलाई कर्मथलो बनाउँदै आएका एनआरएन अभियन्ता कृष्णजीवी पन्थले एनआरएनए आइसीसीको सचिव पदमा उम्मेदवारी दिने भएका छन् । यसअघि पन्थ एनआरएनए अमेरिकाको वरिष्ठ उपाध्यक्ष रहेका थिए ।

एनआरएनए आइसीसीको आगामी कार्यकालका लागि सचिव पदमा उम्मेदवारी दिने तयारीमा रहेका पन्थ सामाजिक रूपमा अत्यन्त सक्रिय तथा जुझारु युवाका रूपमा परिचित छन् ।

आधिकारिक घोषणा गरिनसके पनि पन्थले आफ्नो चुनावी गतिविधि तीव्र पारिरहेको सम्वद्ध एनआरएन वृत्तमा चर्चा छ ।

एनआरएनएका विभिन्न अभियानमा समेत महत्वपूर्ण जिम्मेवारीमा रहँदै आएका पन्थ केही समय पहिले एनसीसी अमेरिकाले खरिद गरेको आफ्नै भवन खरिदका लागि रकम संकलन अभियानमा पनि संयोजक रहेका थिए । उनलाई एनआरएन सदस्यहरूले भविष्यको अध्यक्षको रूपमा समेत चर्चा गर्ने गरेका छन् ।

अमेरिकामा रहे पनि मातृभूमि नेपालका विभिन्न जिल्लामा व्यक्तिगत र संस्थागत सहयोग गर्दै आएका पन्थको प्रभाव मेरिल्याण्डका अलावा अन्य राज्यमा पनि राम्रो रहेकोले एनआरएनए आइसीसीको आगामी कार्यकाल (२०२३–२५) का सचिवको रूपमा उनको चर्चा चुलिएको छ ।