आजको पञ्चाङ्ग एवम् राशिफल (१८ श्रावण २०८० बिहीबार, ३ अगस्त २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (१८ श्रावण २०८० बिहीबार, ३ अगस्त २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ वर्षा ऋतु पिंगलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०८० श्रावण १८ गते बिहीबार तद्अनुसार सन् २०२३ अगस्त ३ तारिख अधिक श्रावण कृष्णपक्ष द्वितीया तिथि धनिष्ठा नक्षत्र सौभाग्य योग तैतिल करण आनन्दादिमा श्रीवत्स योग चन्द्रमा कुम्भ राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ५ः२८ मा भयो र सूर्यास्त साँझ १८ः५० बजे हुनेछ ।

आजको राशिफल

मेष – आजको दिन चुनौतीपूर्ण रहला । आफ्नो महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नु हितकर हुनेछ । काममा परिवारजनको सहयोग जुटाउने प्रयत्न गर्नुहोला । व्यावसायिक काममा फाइदा उठे पनि तत्काल खर्च गर्नुपर्ने योग छ । अप्रिय समाचारले मन खिन्न रहला । मातृशक्तिबाट लाभ उठाउन सकिनेछ । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ । शत्रुमाथि विजय प्राप्त होला ।

वृष – कर्मबल र आरोग्यता बढ्नेछ । प्रतिष्ठित काम गर्ने समय छ । अरूलाई प्रभावित पारेर काम लिन सकिने छ । विगतका निर्णयले काम बिग्रन योग रहेकोले सावधानीपूर्व कर्म गर्नुहोला । बेसुरमा वचन दिने बानीले दुःख पाइएला । मान्यजनको सुझावप्रति विश्वास नलाग्न सक्छ, तथापि कीर्तिमानी काम सम्पादन होला । सन्तानसुख मिल्नेछ । रसरागमा आकर्षित हुनुहुनेछ ।

मिथुन – व्यापारमा प्रशस्त फाइदा हुने दिन भएपनि आश्वासन दिनेले झुक्याउन सक्छन्, सचेत रहनुहोला । गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ । विभिन्न सहयोग र उपहार पाइने योग छ । उठ्नुपर्ने रकम हातलागी होला । पैत्रिक सम्पत्ति उपयोगमा आउन सक्छ । आशा उत्साहका साथै आरोग्य वृद्धि हुनेछ । कार्यगति बढ्नेछ ।

कर्कट – कामको चापबाट मुक्त रही विश्राम पाइने समय छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् तर समयमा होश नपुग्नाले खर्च मात्र हुनसक्छ, सावधान रहनुहोला । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । ठूलो प्रयत्न गर्दा पनि उपलब्धि भने कमै हुन सक्छ । मिठो भोजन प्राप्त हुने र शत्रुमाथि मिल्ने योग छ । रसरागमा आकर्षण बढ्नेछ भने यात्रामा सफलता प्राप्त होला ।

सिंह – आफ्नै कमजोरीले विवादमा पर्ने सम्भावना रहेकोले आजको दिन व्यवहार गर्दा विशेष सावधान रहनुहोला । सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा होला । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्राको सम्भावना छ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कन्या – न्यून उपलब्धिका लागि प्रशस्त परिश्रम गर्नुपर्ने समय छ । आजको दिन बन्धुबान्धव, इष्टमित्रसँग असमझदारी बढ्न सक्छ, सचेत रहनुहोला । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । पढाइमा राम्रै प्रगति होला, तर आकस्मिक खर्च बढ्ने योग छ । रसरागमा आकर्षण रहला ।

तुला – काम बिग्रने भयले सताउने समय छ । आजको प्रयत्न निष्फल जस्तै होला । लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य मिल्न कठिनाइ पर्नेछ । सहयोगीहरूले पनि त्यत्ति साथ नदिन सक्छन् । स्वास्थ्य भने सवल रहनेछ । मिष्ठान्न भोजनको आनन्द मिल्नेछ । व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – व्यस्तता बढ्नेछ । सहयोगीहरूले राम्रो साथ दिने, रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा होला । आलोचनाको तारो बन्न सकिनेछ तर शत्रुपक्ष परास्त होलान् । पठनपाठनमा त्यति समय दिन नसकिएला, तथापि कर्ममा सफल साबित हुनुहुनेछ । कल्याणकारी कार्यमा आकर्षण रहला ।

धनु – पराक्रम बढ्नेछ । द्वन्द्व तथा प्रतिस्पर्धामा सावधानीसाथ जुट्नुपर्ने समय छ । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिएला । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । व्यापार तथा उद्योगतर्फ फाइदाकै योग छ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । दैनिक काममा सफलता मिल्नेछ ।

मकर – आजको दिन व्यावसायिक काममा त्यत्ति फाइदा नहोला । स्वास्थ्य कमजोर रहन सक्छ, खानपानमा सावधानी अपनाउनु हितकर हुनेछ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागीको योग छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिनेछ । आफन्तको साथ मिल्नेछ । समस्याको समाधान प्राप्त हुनेछ ।

कुम्भ – सफलताका लागि चर्कै प्रतिस्पर्धा गर्नुपर्ने दिन छ । विपक्षीको चलखेल बढ्नाले चुनौती बढ्ला । कठोर प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने योग भएकोले सावधानीपूर्वक काम गर्नु हितकर होला । समस्याको समाधान मिल्नेछ । यात्रापरक काममा सफलता प्राप्त हुनेछ ।

मीन – राम्रै आयआर्जन हुने दिन भएपनि काममा अवरोध आउन सक्ने सम्भावना छ । सन्तान, अनुयायी र मातृशक्तिको सहयोगले कार्यमा लाभ हुन सक्छ । प्रतिष्ठित काम गर्ने अवसर जुर्ला । आत्मविश्वास बढ्नेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।