बलात्कार आरोप लागेका दुई अभियुक्त प्रहरी नियन्त्रणमा

बलात्कार आरोप लागेका दुई अभियुक्त प्रहरी नियन्त्रणमा


कपिलवस्तुको शिवराज नगरपालिकाको एक महिला कर्मचारीलाई बलात्कार प्रयासको आरोप लागेको दुई आरोपितलाई प्रहरीले पक्राउ गरेको छ ।

आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटाका प्रमुख लेखनाथ पौडेल र शिवराज नगरपालिका वडा नं ३ बस्ने भुवन पाण्डेलाई पक्राउ परेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक शेखरजंग मल्लले जानकारी दिए ।

साउन १२ गते शुक्रबार राति एक महिला कर्मचारीमाथि बलात्कारको प्रयास गरि फरार रहेका आरोपीलाई लुकेर बसेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

घटना साउन १२ गते रातिको भएपनि १४ गते आइतबार साँझ आबेर मात्र पीडितले पौडेल र पाण्डेविरुद्ध जाहेरी दर्ता गरेका थिए । पक्राउ परेका आरोपितहरुलाई आजै म्याद थप गरि कानुनी प्रक्रिया आगाडि बढाइने प्रहरीले जनाएको छ ।

यो पनि हेर्नुहोस्-