परोपकारी कार्यको सहयोगार्थ कास्की समाज बेल्जियमद्वारा कार्यक्रम सम्पन्न

परोपकारी कार्यको सहयोगार्थ कास्की समाज बेल्जियमद्वारा कार्यक्रम सम्पन्न


  • विशेष सम्वाददाता

बेल्जियमस्थित कास्की समाजले परोपकारी कार्यको सहयोगार्थ सोमबार लुभेनमा एक कार्यक्रम सम्पन्न गरेको छ ।

क्यासिलोस्थित कासाबलंकामा आयोजना गरेको उक्त कार्यक्रममा सम्बोधन गर्दै गैरआवासीय नेपाली संघ बेल्जियमका उपाध्यक्ष लोकेन्द्र नेपालले कास्की समाजलाई आफूले पहिलेबाटै चिनेको र यो समाजले बेल्जियम र नेपालमा प्रसंशनीय काम गरेको बताए ।

तमु समाज बेल्जियमका अध्यक्ष होम गुरुङले सामाजिक सेवा जस्तो पवित्र कार्यका लागि आयोजना गरिने यस्ता कार्यक्रमहरुले समाजमा ठुलो योगदान दिने उल्लेख गरे भने व्यवसायी एवम् समाजसेवी सुवास गुरुङले असहाय गरिब बालबालिकाहरुको सहयोगार्थ गरिएको कार्यक्रमले बेल्जियममा रहेका नेपाली समुदायको मन जित्न सफल भएको टिप्पणी गरे ।

समाजका अध्यक्ष जीवन गुरुङले कास्की समाजले संस्थाको कोष बढाउन र उक्त कोष नेपालमा परोपकारी काममा लगाउन लगाउन प्रत्येक वर्ष आयोजना गर्नेगरेको जानकारी दिए । उनका अनुसार उक्त कार्यक्रमबाट करिब २ हजार ५ सय युरो उठेको र उक्त रकम योजना अनुसार परापकारी कार्यमा प्रयोग हुनेमा सबै विश्वस्त रहन आग्रह समेत गरे ।

कार्यक्रममा गैरआवासीय नेपाली संघमा कास्कीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य हरि भट्टराई, उपाध्यक्ष लोकेन्द्र नेपाल, उपमहासचिव राजेन्द्र कार्की, कोषाध्यक्ष अजित तुलाचन, सदस्यहरु सरस्वती गुरुङ, निता सुब्बा गुरुङ लगायत सिक्लेस पोर्चे कल्याण कोष बेल्जियमका अध्यक्ष ओमप्रसाद गुरुङ, क्षत्री समाजका दीपक कार्की, एम्नेष्टी इन्टरनेशनल नेपालका अध्यक्ष विपिन बुढाथोकी, महासचिव संचिता कुइँकेललाई सम्मान गरिएको थियो ।