किराँत याक्थुङ चुम्लुङ बेल्जियमको प्रथम अधिवेशन सम्पन्न

किराँत याक्थुङ चुम्लुङ बेल्जियमको प्रथम अधिवेशन सम्पन्न


  • विशेष प्रतिनिधि, बेल्जियम

किराँत याक्थुङ चुम्लुङ बेल्जियमको प्रथम अधिवेशन लुभेन शहरमा सम्पन्न भएको छ ।

मंगलबार सम्पन्न अधिवेशनले वदन योङहाङ (पदम) को अध्यक्षतामा सात सदस्सीय कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा पेमा इधिंगो, सचिवमा कला इधिंगो र कोषाध्यक्ष मोहन सविन कुरुम्बाङ निर्विरोध चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा कविता लिङदम, धनु कन्दङ्वा र बलबहादुर सेनेहाङ छानिएका छन् ।

अधिवेशनमा प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष वीरमान घर्तीमगर, विशेष अतिथि गैरआवासीय नेपाली संघ बेल्जियमका उपाध्यक्ष लोकेन्द्र नेपाल एवम् विभिन्न जातीय, क्षेत्रीय, सामाजिक तथा वैचारिक संगठनका अध्यक्ष र प्रतिनिधिहरूले अधिवेशनको सफलताका लागि शुभकामना व्यक्त गरेका थिए ।