आमाबुबाको हेरचाह गर्न गीतमार्फत् सन्देश

आमाबुबाको हेरचाह गर्न गीतमार्फत् सन्देश


  • हरिप्रसाद बास्तोला, कास्की

‘आमा बाबुलाई नगर हेला
तिम्रो पनि आउछ दिन त्यही वेला ।
छोरा पायो अर्कालाई सुख्ख,
जन्मदिने बाआमा झन दुःख ।।
धान झुलेको छ, कहाँ जाम कहाँ जाम भइरछ मन डुलेको छ ।’

पोखरा महानगरपालिका वडा नं. १७ म्यूजियममार्गमा भेटिएका वीरबहादुर गन्दर्भ सारङ्गीको धुनमा जन्मदिने आमा बुवालाई माया र स्नेह दिनु पर्दछ भन्ने घरदैलोमा पुगेर प्रस्तुत गरेको सन्देशमुलक गीत हो यो ।

सन्तानबाट जन्मदिने बुवाआमालाई उमेरको उत्तरार्धमा जति माया दिनु पर्ने हो त्यति नपुगेको समाजको परिदृष्यलाई चरितार्थ गर्दै सारङ्गी धुनमा हृदयविदारक गित गाउँनु यतिखेर उनको दैनिकी बनेको छ ।

अहिले आमाबुबालाई हेला गर्दा त्यो अवस्था भोलि आप्mनो पनि भोग्नु पर्छ भनेर भुल्न नहुने, जन्मदाता आमाबुबालाई खुशी राखेर आशिर्वाद लिनुपर्ने जस्ता लय सहितको सारङ्गी धुन सुन्दा जो कोही को पनि आँखा रसाउने गर्दछन् ।

पछिल्लो समय ६१ बर्षीय गन्दर्भले समाजका विकृति र विसंगतीका विरुद्धमा सारङ्गी बजाउँदै गित गाउने आप्mनो पुख्यौली पेशामार्पmत समाजलाई सचेत गराउँदै जिविकोपार्जनको आधार बनाउँदै आउनु भएको छ ।

पोखरा–३२ तल्लो गगनगौडामा वस्दै आउनुभएका ट्वाक्क कान नसुन्ने र तोते वोली भएका विरबहादुरले भन्नुभयो, माइला दाजु ठाकुर गायकले दिनुभएको सारङ्गी यतिखेर जीविकोपार्जनको साधन बनेको छ । सारङ्गी विशेष गरि पहिला खिर्राको काठको बनाउने भएपनि दाजुले दिएको भने बकाईनोको भएको उहाँले बताउनुभयो ।

सारङ्गी रेटदै गित गाउँनु जिवन धान्ने पेशा नै बन्दै आएको बताउँदै उहाँले थप्नुभयो, ‘एक बर्ष अघिदेखि सरकारले दिने सामाजिक सुरक्षा भक्ता अन्तर्गत मासिक तीन हजार पाउने गरेको छु ।’

श्रीमती, तीन छोरीसहित पाँचजनाको परिवारलाई शिक्षा दिक्षा र पालनपोषणको गर्जो टार्दै आएको छोरीहरु कक्षा १२ र ११ र ९ कक्षामा पढ्दै छन् ।

हिउँदको समयमा नजिकैको खोलाको खानीमा ढुङगा, बालुवा र गिटी निकाल्ने मजदुरी काम गर्ने गरेको बताउँदै उहाँले भन्नुभयो, बर्षा लागेपछि खोलाको काम बन्द भयो सारङ्गी बोकेर पोखरातर्फ लाग्ने गरेको छु । घरको ढोकामा पुगेर गितगाउँछु सहयोगी मनहरुले स्वस्फुर्त दिएको सहयोग लिएर गितबाट आर्शिवाद दिने गरेको उहाँको भनाई छ ।

दिन भरी घरघरमा पुगेर सारङ्गीको धुनमा गित सुनाउँदा कहिले दुई हजार ५०० सम्म हुने गरेको बताउँदै उहाले कस्तै भएन भन्दा पनि एक हजार नघटेको जानकारी दिनुभयो् । घरदैलोमा जाँदा पनि सजिलो त छैन, कहि मानिस हुँदैनन् भने कही त कुकुरले गेटमा हेर्नपनि नदिने गरेको उहाँको दुखेसो छ ।

अर्काको घरमा गोठो बसेर जिविकोपार्जन गर्दै आएको गन्धर्व भन्नुहुन्छ– ‘घरभेटीले झाक्री बोलाएर एउटा कुखुराको भालले पुजा गरेपछि ३८ बर्षको उमेर पहिलो पटक मुख बोल्न पाउँदा अन्यन्तै खुशीको क्षण भएको सुनाउनुभयो ।’ बिहान सवेरै खाना खाएपछि सारङ्गी बोकेर घरबाट निस्कने र झमक्क साझ परेपछि घर फर्कने उहाँको दैनिकी बनेको छ ।

पोखरा महानगकाका अधिकांश वडामा पहेलो पहिरनमा माग्नेको विगविगिनै रहेको वर्तमान अवस्थामा सारङ्गीको धुनमा कला प्रस्तुत गरेर उनलाई धेरै थोरै आर्थिक सहयोग गर्न पाउँदा स्थानीय वासिन्दाले खुशी व्यक्त गरेका छन् ।