बीपी र अनुयायीहरू

बीपी र अनुयायीहरू


✍ श्यामकृष्ण लम्साल

बीपी कोइरालाहरू र उनका अनुयायीहरू
मात्र
कर्म गरिरहन्छन्
कुर्सीको लोभ गर्दैनन्
उनीहरू
आजका नेताहरू जस्तो
कुर्सी पाउन
काम नै नगरी
कुर्सीका ठेकेदारकहाँ
अमूल्य इज्जत र इमान बेचेर
चाकडी, चाप्लुसी गर्दैनन्
बीपीहरू मात्र काम गरिरहन्छन्
उनका सच्चा अनुयायीहरू पनि त्यसै गरिरहेछन्
बीपीहरू
कसैकहाँ स्भाभिमान बन्धक राख्दैनन्
कसैको जुत्ता पालिस गर्दैनन्
पाउ पुज्दैनन्
पाहुर चढाउँदैनन्
आफ्नो गुणगान आफै गाउँदैनन्
गुटबन्दी गर्दैनन्
अरुको कुरा काट्दैनन्
बीपीहरू
कुर्चीका लागि ज्यान फाल्दैनन्
मात्र काम गरिरहन्छन्
काम गरिरहन्छन्
र, कर्मन्य बन्छन्
बीपीका अनुयायीहरू
सच्चा अनुयायीहरू पनि त्यस्तै गर्दन् ।