एनआरएनए नेतृत्व दौडको पर्दाभित्र कस्तो खिचडी पाक्दैछ ?

एनआरएनए नेतृत्व दौडको पर्दाभित्र कस्तो खिचडी पाक्दैछ ?


समाचार टिप्पणी 

गैरआबासीय नेपाली संघका राष्ट्रिय समुन्वय परिषदहरुका  महाधिबेशन र  निर्बाचन सकिएपश्चात नयाँ  कार्यसमितिहरु आए संगै एनआरएनए केन्द्रको  महाधिबेशनमा भाग लिन पाउने डेलिगेट्स (केन्द्रिय प्रतिनिधि ) चयन प्रक्रिया सुरु भैसकेको पछिल्लो अबस्थामा,  अहिले हरेक मुलुक हरुमा आउदै गरेको  केन्द्रिय निर्बाचन र यसका उमेद्वारहरुको  प्रसङ्ग हरु लिएर  चर्चाहरु सुरु भएका छन् । 

गैरआबासीय नेपाली संघको सचिबालय बैठकले  आउदो  अक्टोबरको १७ देखि १९ सम्म काठमाण्डौमा यसको केन्द्रिय महाधिबेसन र निर्बाचन प्रक्रियाका बारेमा आम पंजीकृत सदस्यहरुलाई जानाकारी गराए पछी यसको  अन्तराष्ट्रिय सम्मेलनका र सम्मेलनको अन्त्यमा  २३-२५   कार्यकालको निर्बाचनको मिति तोकिए संगै यसमा जोडिने इच्छा भएका हरु संजाल मार्फत आफ्नो उमेद्वारी घोषणा गर्ने क्रम चलिरहेको देखिन्छ।  केहि उमेद्वारहरुले आफ्नो उमेद्वारी घोषणा गरेर अभियान सुरुवात गरिरहेका छन् भने केही गैरआबासीय नेताहरु आधिकारिक घोषणा नगरे पनि विश्वमा रहेका एनसीसीहरुसँग प्रत्यक्ष भेटघाट गरिरहेका  देखिन्छन् ।  

२३-२५ कार्यकालको लागी  नेतृत्वको चाहना राखेर एनसीसी हरुसंग प्रतक्ष्य भेटघाट गर्नेहरु मध्ये, कतारमा आफ्नो व्यापारिक साम्राज्य खडा गरेका वर्तमान उपाध्यक्ष समेत रहेका  राजेन्द्रकुमार  (आरके) शर्मा अग्रपंक्तिमा देखिन्छन् , उनले दुइ पटक युरोप अबस्थित गैरआबासीय नेताहरु भेटघाट गरी  अहिले जापानको यात्रामा देखिन्छन्।  हिजो प्रजातान्त्रिक खेमाका भनिएका  कुल आचार्यलाई सघाएका  शर्मा यो पटक आचार्यको सहयोगमा संघको नेतृत्व गर्न पाउने  आशामा देखिन्छन् । वर्तमान अध्यक्ष कुल आचार्य हरिद्वार  धार्मिक यात्रामा रहदा शर्मा भने  आफै विश्व भ्रमण गरेर माहोल बन्छ भन्ने हेतुले  लगातार यात्रा गरिरहेका देखिन्छन्। श्रोत अनुसार शर्मा नेपालको राजनीतिक गठबन्धन  अनुरुपको समीकरण बनाएर आफ्नो नेतृत्वमा संघ हाक्छु भनिरहेका छन्। यसमा उनलाई  प्रधानमन्त्री प्रचण्डको समेत  हरियो सिग्नल रहेको बताइन्छ। 

सतहमा आफुलाई आगामी  अध्यक्ष भनेर घोषणा नगरेता पनी आगामी नेतृत्वको  लागी  डा. बद्रि केसीले आन्तरीक  तयारी गरेको   देखिन्छ , उनले बाहिर अहिले सम्म केहि भनेका छैनन , तर  आफ्नो गुटको सर्कलमा  ठुलो तयारी गरिरहेको बुझिन्छ ।  उनको तयारीको पछाडी नेकपा एमालेको भात्री संगठन प्रबासी नेपाली मंच  जोड तोडले लागी रहेको छ। डा. केसी, अमेरिका निवासी वर्तमान महासचिब समेत रहेका गौरी जोशी लाइ पुन : महासचिबमा  लिएर अगाडी बढ्न खोजेको देखिएको छ।  भलै यसमा गौरी जोशीले आफुले महासचिबमा उमेद्वारी घोषणा गर्दा डा. केसीकै गुट बाट या स्वतन्त्र भन्ने  बिषयमा प्रस्टता जनाएका छैनन्। 

प्रजातान्त्रिक स्कुलिङ्गका जोशी अमेरिकाको कांग्रेस द्वन्दका कारण डा. केसी संगै देखिएका छन् तर यस बिषयमा उनले स्वयम् मुख खोलेको देखिदैन । यहाँ रोचक चाही के छ भने   डा. केसी कै गुटका वर्तमान उपाध्यक्ष समेत रहेका डा. हेमराज शर्माले  आफु अध्यक्षको उमेद्वार भएको अनौपचारिक घोषणा गरेको करिब ६ महिना नाघिसकेको छ। कथमकदापी यस गुट बाट  डा. केसी उमेद्वार बनेनन् भने  डा.  शर्मा आगामी कार्यकालको नेतृत्वको लागी प्रतिस्पर्दा गर्ने  चर्चा नेपाली  डायस्पोरामा छ। 

गैरआबासीय नेपाली संघको २३-२५  कार्यकालको लागी आकांक्षीहरुको  चर्चामा रहेका   बलियो र  चर्चित नामहरुमा    महेश श्रेष्ठ र   डा. केशब पौडेल लाई लिईन्छ । आफ्नो ब्यापारिक साम्राज्य लाइ एसिया बाट  बाहिर लैजादै गरेका  श्रेष्ठ जापान निवासी गैरआबासीय हुन् भने  मेडिकल डाक्टर समेत रहेका पौडेल अमेरिका लाइ आफ्नो कर्म थलो बनाएर अभियानमा जोडिएका  छन।  वर्तमान कार्यकालका उपाध्यक्ष समेत रहेका श्रेष्ठ  यो भन्दा अघिल्लो कार्यकाल सफल कोषाध्यक्षको छबी निर्माण गरेका व्यक्ति हुन् भने, बौद्दिक व्यक्तित्वको छबी निर्माण गरेका  डा पौडेल अमेरिका एनसीसीको नेतृत्व हुदै  संघको यात्रा तय गरि  वर्तमान महासचिब  बनेका व्यक्ति  हुन्।  श्रेष्ठ र पौडेल  दुबैले  आधिकारिक उमेद्वारी घोषणा नगरेता पनि  आफ्नो चिनजानका गैरआबासीय नेताहरु र संघका विश्वभरी रहेका एनसीसी हरुमा,  आफु अबको कार्यकालको लागि नेतृत्वको दौडमा रहेको  भनेर अगाडी बढेको देखिएको छ।  

श्रेष्ठले एक पटक युरोप यात्रा पश्चात मध्यपूर्वको यात्रा समेत गरिसकेका छन् भने , अहिले आगामी  बाटो तय गर्ने सबाल लाइ लिएर काठमाण्डौमा रहेर सम्पर्क बढाइरहेका देखिन्छन भने अर्का अध्यक्षका उमेद्वार डा केशब पौडेल समेत काठमाण्डौ मै रहेको बुझिएको छ।  प्रजातान्त्रिक विचारधारा लाइ बोक्ने भनिएका  श्रेष्ठ र पौडेलको एकै पदमा उमेद्वार हुने  इच्छा जाहेर गरेको कारण उनीहरुका मतदाताहरु अफ्ठेरोमा परेको देखिएका  छन् । 

बर्तमान केन्द्रिय प्रतिनिधिको जोड घटाउमा आपसी समुन्वय गर्न सक्यो भने महेश श्रेष्ठ या केशब पौडेल जो  उभिए पनि आगामी कार्यकालको नेतृत्वको बाजी मार्न  सक्ने देखिन्छ । तर, यी दुवै जना एक आपसमा लडेको खण्डमा डा केसी या कतार निवासी शर्मा लाइ जित्न सहज हुने एनआरएन अभियन्ताहरु बताउदछन्।  यस बाहेक संघको नेतृत्वको लागि वर्तमान अध्यक्ष समेत रहेकी रबिना थापाले समेत इच्छा जाहेर गरेको देखिएको छ।  

संघको केन्द्रिय नेतृत्व संगै , उपाध्यक्ष  हरुमा समेत आउने चाहने अभियान्ताहरुको चर्चा चलिरहेको छ , यी मध्ये कतार लाइ आफ्नो कर्म थलो बनाएका वर्तमान युबा उपाध्यक्ष राज रेग्मी चर्चामा अगाडी छन्।  एक पटक युरोप भ्रमण गरेर फर्किसकेका रेग्मी  बाकी विश्व भ्रमण गर्ने योजना बनाइरहेको देखिन्छन।  नम्र र भद्र छबी बनाएका रेग्मी आगामी उपाध्यक्षको  लागी बलियो उमेद्वार भन्ने चर्चा डायस्पोरामा छ। रेग्मी संगै केहि नाम हरु पनि उपाध्यक्ष पदका लागी बाहिर आएका देखिएका छन्। 

अमेरिका निवासी गौरी जोशी संगै महासचिबको उमेद्वारी घोषणा गर्ने बिषयमा अधिकारिक रुपमै उमेद्वारी घोषणा गर्ने मध्ये बेल्जियम कर्मथलो बनाएर लामो समय देखी संघको अभियानमा जोडिएका  वर्तमान सचिब गंगाधर गौतम अग्र पंक्तिमा छन् , उनले कुनै न कुनै बिषय आफ्नो सामाजिक संजाल मार्फत आफ्नो उमेद्वारी र आफ्ना भाबी कार्य योजनाको विषमा चर्चा गर्दै ध्यान आकर्षण गर्ने प्रयासमा देखिन्छन।   महासचिवको उमेद्वारीमा जापान निवासी पारसमणि पोख्रेलले पनि उमेद्वारी घोषणा गरेर सम्पर्क गर्न सुरु गरिरहेको देखिन्छ।  मिलापको नारा दिएर संघको  थाईल्याण्ड क्षेत्रीय बैठक सफल बनाएको भनेर उनले उतिबेला नै आगामी महासचिबको दाबेदार  भनि प्रचार गर्दै आइरहेका थिए। पोख्रेल वर्तमान एसिया क्षेत्रका क्षेत्रीय संयोजक समेत  हुन्। 

यी बाहेक अमेरिका निवासी बुद्दि सागर सुबेदीले पनि केहि दिन आगाडी जुम बैठक मार्फत आफु आगामी कार्यकालको महासचिब भनेर घोषणा गरिसकेका छन्। आफु किन महासचिबको उमेद्वार भन्ने बिषयमा पत्रकारले सोधेका प्रश्नको उत्तर दिएका  सुबेदी संयुक्त राज्य अमेरिका एनसीसीका निबर्तमान अध्यक्ष हुन् ।  

अबको कार्यकालमा कुनै नया अनुहार नभएर अहिले नै रहेका  चिरपरिचित अनुहारहरु  आउने प्रस्ट देखिएको छ। 

संघको अर्को महत्वपूर्ण पद उप-महासचिबमा त्यति चर्चा नभएता पनि स्पेन निवासी चिन्तामणी सापकोटा आगामी कार्यकालको उप-महासचिब पदका लागी  अत्याधिक चर्चामा रहेका देखिन्छन , प्रजातान्त्रिक विचारधारामा पनी बिपी कोइरालाको विचार लाइ बोक्ने  सापकोटा संघमा आफ्नो कुरा खरो तबरले राख्ने अभियान्ता भनेर विश्वमा परिचित छन् , सापकोटा आफैले कुनै पदमा जान्छु भनेर मुख खोलेका छैनन्न तर उनका शुभचिन्तक हरु यो कार्यकालमा उप महासचिबको उमेद्वार बन्नु पर्ने भनेर सुझाब दियिरहेका देखिन्छन।  तर स्वयम् सापकोटा  चाही  आएको जिम्मेवारी लाइ बोक्न तयार रहेको प्रतिक्रिया दिने गर्दछन , सापकोटा वर्तमान युरोप संयोजकसमेत  हुन्। 

संघको केन्द्रिय सचिबालय ( आइएस) मा उमेद्वारी संगै क्षेत्रमा पनि उमेद्वारको चर्चा सुरु भएको छ,  संघको सबैभन्दा ठुलो साथै सबैभन्दा धेरै केन्द्रिय प्रतिनिधि रहने क्षेत्र युरोपबाट  संयोजकको  उमेद्वार हुनेमा पनि भित्र भित्र  आकांक्षीहरु भएता पनी घोषणा गरिनसकेको अबस्था देखिएको छ ।  सबै आकांक्षी हरुले  केन्द्रिय अध्यक्ष संगै बन्ने समुहमा रहेर उमेद्वार घोषणा गर्ने तयारी भैरहेको देखिन्छ। यसमा डाक्टर केसी समूह र महेश श्रेष्ठ/ पौडल  समुहका व्यक्तित्वहरु बढी चर्चामा देखिन्छन।  

पछिल्लो हप्ता संघको केन्द्रिय सचिबालयले उमेद्वारहरुले उमेद्वारी बापत बुझाउनु पर्ने शुल्कमा पचास प्रतिशत सम्म कटौती गर्ने निर्णय गरे संगै विश्व भरबाट  विभिन्न पदहरुमा धमाधम उमेद्वारी घोषणा भएको देखिएको छ।  उमेद्वारी घोषणाको लहरले संघमा आएर नेतृत्व गर्छु भन्नेहरु हिजोको दिन भन्दा अत्याधिक बढिरहेको देखिएको छ। 

त्यति मात्र नभएर २१ -२३ को कार्यकालमा  पद पाए पश्चात  कानमा तेल हालेर बसेका, केहि पद नपाएको कारण निस्कृय समेत बसेका व्यक्तिहरु  समेत यो पटक फेरी पद पाइने आशामा उमेद्वारी घोषणा गर्ने तरखर गरिरहेका देखिन्छन् ।  जे होस्, २१-२३ मा  चरम बदनामीको मार्गबाट गुज्रेको गैरआबासीय नेपाली संघ पुन: बौरिएको देखिएको छ।