गैरआबासीय नेपाली संघ स्विडेनले पाँचौ एनआरएनए कप फुटबल आयोजना गर्दै 

गैरआबासीय नेपाली संघ स्विडेनले पाँचौ एनआरएनए कप फुटबल आयोजना गर्दै 


स्विडेन , युरोप 

यसै महिनाको २६ तारिकका दिन स्विडेनको राजधानी शहर स्टकहोल्म्समा गैरआबासीय  नेपाली संघ स्विडेनको आयोजना र यती भाइकिङ्ग क्लब स्विडेनको सहकार्यमा पाँचौ एनआरएनए कप फूटबल प्रतियोगिता आयोजना गरिएको जनाइएको छ ।  प्रतियोगिताको लागी स्विडेन स्थित नेपाली समुदायले स्व इच्छाले आर्थिक सहयोग गरिरहेको देखिएको छ।  

गैरआबासीय नेपाली संघ रास्ट्रिय समुन्वय परिषद  स्विडेनका नबनिर्बाचित अध्यक्ष गङ्गा घिमिरेका अनुसार स्विडेनले हरेक बर्ष जस्तै यो बर्ष पनि खेलकुदको माध्यम बाट नेपाली समुदाय लाइ जोड्ने साथै युवाहरुको शारीरिक तन्दुरुस्तीको लागी खेल भन्ने अबधारणा अनुरुप एनआरएनए फूटबल कप आयोजना गरिएको बताए। 

आयोजना गरिएको फुटबल प्रतियोगीतामा स्विडेन बाट एनआरएनए स्विडेन ,बिग बोएज क्लब स्विडेन , स्वतन्त्र टिम स्विडेन “ए” र स्वतन्त्र टिम स्विडेन “बी” , युनाइटेड एफसी स्विडेन , खेलमा भाग लिदै छन् भने स्विडेन बाहिर बाट जनसम्पर्क समिती डेनमार्क , एफसी राइजिङ्ग डेनमार्क ,संगसंगै, एनआरएनए नर्बे समेतका ८ टिमले सो प्रतियोगितामा भाग लिने र प्रथम हुने टिमले  नगद पुरस्कार स्वरुप १२ हजार स्विडिस क्रोनर ट्रफी , मेडल तथा प्रमाणपत्र , दोश्रो हुनेले ७  हजार स्विडिस क्रोनर संगसंगै  ट्रफी , मेडल र  प्रमाणपत्र प्रदान गरिने  आयोजकले जनाएको छ।  आयोजित  प्रतियोगीता लाइ गैरआबासीय नेपाली संघ स्विडेनको तर्फ बाट  नब निर्बाचित महासचिब राजेन्द्र तामांगले संयोजन गरिरहेको  जनाइएको  छ। 

आयोजकका अनुसार सो प्रतियोगितामा बालबालिका हरुलाई समेत आकर्षित बनाउने उदेश्यले स्विडेन बाट बालबालिकाहरुको दुई टिमले समेत प्रतियोगितामा भाग लिएर आफ्नो खुबी प्रदर्शन गर्नेछन।

 युरोप महादीप फुटबलमा अत्यन्त चासो राख्ने महादिप पर्दछ , यहाँ फुटबलको राष्ट्रियता अधिक प्रदर्शन हुने गर्दछ।  दोश्रो पुस्ताका नेपाली लाई संघले आयोजना गर्ने फुटबल प्रतियोगिताले युबा पुस्ता संघको बारेमा चासो राख्ने र भोलिको संघको लागी युबा पुस्ता तयार गर्नका लागी खेलकुद फुटबल एक आधार भएको प्रतियोगिताको संयोजन समेत गरिरहेका नब निर्बाचित  महासचिब तामांगले बताए। 

प्रतियोगिताको भब्य बनाउनका लागी आबश्यक तयारी पुरा भएको आयोजकले जनाएको छ।