जापानमा फेरि एक नेपालीको निधन

जापानमा फेरि एक नेपालीको निधन


  • विशेष प्रतिनिधि, (टोकियो) जापान

जापानमा फेरि अर्का एक नेपालीको असामयिक निधन भएको छ । जापानको तोचिगी प्रिफेक्चरको निक्कोमा कार्यरत एक ४७ वर्षे नेपाली पुरुषको निधन भएको हो ।

एनआरएनए तोचिगी संयोजक सन्तोष घिमिरेले बताएअनुसार नेपालको पोखरा नगरपालिका दिपस्वराका ४७ वर्षीय नरेश तामाङको निधन भएको हो । तामाङ आफ्नै निवासमा अचेत अवस्थामा भेटिएका र तोचिगीका इमाइची अस्पत्तालमा उपचारका लागि लगिए पनि अस्पतालले मृत घोषणा गरिदिएको हो ।

कुक पेशामा आवद्ध तामाङकी श्रीमतीले छोरा छोरी नेपालमा रहेकाले श्रीमानको निधनपश्चात शव नेपालमै लगेर दाह संस्कार गर्न इच्छा व्यक्त गरेकाले यस विषयमा सल्लाह भइरहेको संयोजक घिमिरेले जानकारी दिए ।

अस्पतालले नसा च्यापिएर वा हृदयघातका कारण निधनको आशंका गरेपनि स्पष्ट कारण पोष्टमार्टमपछि थाहा हुने बताएको छ ।

अहिले मृतक तामाङको परिवार, तामाङ समाज जापान तथा कास्की पोखरा समाज जापान लगायतका सरोकारवाला निकायहरुसंग कुराकानी भइरहेको बुझिएको