चन्द्रयान-३ को अनुसन्धान यात्रा जारी, समयको महत्वपूर्ण दौडमा प्रज्ञान रोभर : निर्देशक देसाई

चन्द्रयान-३ को अनुसन्धान यात्रा जारी, समयको महत्वपूर्ण दौडमा प्रज्ञान रोभर : निर्देशक देसाई


चन्द्रयान-३ को रोभर मोड्युल प्रज्ञान समयको दौडमा रहेको साथै पहिलो र दोस्रो उद्देश्य सफलतापूर्वक पूरा भएपछि यसको तेस्रो उद्देश्यका लागि अघि बढिरहेको भारतीय वैज्ञानिकहरूले बताएका छन् ।

अन्तरिक्षसम्बन्धी अध्ययन गर्ने भारतीय स्पेस अप्लिकेसन सेन्टर (एसएसी) का निर्देशक निलेश एम देसाईले चन्द्रयान-३ को रोभर मोड्युल प्रज्ञान समयको दौडमा रहेको र ६ पाङ्ग्रे रोभरमार्फत अज्ञात दक्षिणी ध्रुवको अधिकतम दूरी तय गर्न काम गरिरहेको बताए ।

वैज्ञानिकका अनुसार चन्द्रमाको सतहमा सफ्ट ल्यान्डिङ पछि मात्र ‘वास्तविक काम’ सुरु हुन्छ । गत अगष्ट २३ मा चन्द्रयान-३ को ल्यान्डर मोड्युल चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गरेपछि भारतले ठूलो फड्को मारेको थियो । अमेरिका, चीन र रुसपछि चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण गर्ने यो चौथो देश बनेको छ ।

भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) को एक प्रमुख केन्द्र स्पेस एप्लिकेसन सेन्टरका निर्देशक देसाईका अनुसार चन्द्रमाको सतहमा सफ्ट ल्यान्डिङ, प्रज्ञान रोभरको गति र ‘पेलोड’ को माध्यमबाट विज्ञानको डाटा प्राप्त गर्ने, ६ पाङ्ग्रे रोभर र ल्यान्डर विक्रमसँग जोडिएको छ । ट्रान्समिटेड डाटाको अंश पेलोडको उद्देश्य सन्देश प्राप्त गर्नु हो ।

‘हाम्रा दुई मुख्य उद्देश्य सफलतापूर्वक पूरा भएका छन्, तर हाम्रो तेस्रो उद्देश्य जारी छ’- उनले भने ।

प्रज्ञान रोभर समयको दौडमा रहेको उल्लेख गर्दै उनले भने, ‘हाम्रो ध्यान चन्द्रमाको दक्षिणी ध्रुवको धेरै भन्दा धेरै दूरीको क्षेत्रलाई समेट्ने हो । यसबाट प्रज्ञान रोभरले थप प्रयोगहरू गर्न सक्छ र हामी पृथ्वीमा विवरण (डेटा) प्राप्त गर्न सक्दछौं ।’

‘हामीसँग यो मिसनका लागि जम्मा १४ दिन मात्र बाँकी छ, जुन चन्द्रमामा एक दिन बराबर हो, त्यसैले चार दिन पूरा भएको छ । बाँकी दस दिनमा हामीले गर्न सक्ने थप प्रयोग र अनुसन्धान महत्वपूर्ण हुनेछ । हामी समयको दौडमा छौँ किनभने यी १० दिनमा हामीले अधिकतम काम गर्नुपर्ने छ र इसरोका सबै वैज्ञानिकहरू यसमा काम गरिरहेका छन्’- देसाईले भने ।

वैज्ञानिकहरूले भोग्नुपरेको कठिनाइमा जोड दिँदै उनले भने, ‘रोभरले चन्द्रमाको सतहमा दैनिक ३० मिटरको दूरी तय गरेकोमा १२ मिटर मात्र दूरी पार गरेको छ । यहाँ केही सेवा उपलब्ध नहुँदा रोभरको आवागमनमा पनि समस्या भइरहेको छ ।’