चीनले जापानी समुद्री खानाको आयात प्रतिबन्धको घोषणा गरेपछि…

चीनले जापानी समुद्री खानाको आयात प्रतिबन्धको घोषणा गरेपछि…


  • विशेष प्रतिनिधि, टोकियो (जापान)

जापानका प्रधानमन्त्री किशिदा फुमियोले माछापालन व्यवसायलाई चीनले जापानी समुद्री खानाको आयातमा निलम्बन गरेपछि व्यवसायहरूलाई मद्दत गर्न आफ्ना क्याबिनेट मन्त्रीहरूलाई तुरुन्तै विस्तृत उपायहरूमा काम गर्न आदेश दिएका छन् । किशिदाले आपतकालीन प्याकेजको रूपरेखाको बारेमा बिहीबार पत्रकारहरूलाई बताएका थिए ।

टोकियो इलेक्ट्रिक पावर कम्पनीले फुकुसिमा डाइची पावर प्लान्टबाट प्रशान्त महासागरमा प्रशोधित र पातलो पानी छोड्न थालेपछि चीनले जापानी समुद्री खानाको आयात प्रतिबन्धको घोषणा गरेको छ । किशिदाले केही सामुद्रिक माछाको लागि चीनबाहेक नयाँ विदेशी खरीदकर्ता फेला पर्ने र अन्य केही बस्तुहरूको निर्यात धेरै हदसम्म चीनमा निर्भर गर्ने स्विकार गरे ।

सरकारले प्रभावित उद्योगलाई मद्दत गर्ने, जसले गर्दा व्यवसायहरूले समुद्री खाद्य वस्तुहरू सीधा निर्यात गर्न सक्ने किशिदाले बताए । घरेलु बिक्री बिस्तार र नयाँ बजारको विकासमा पनि सरकारले सहयोग गर्ने किउनको प्रतिबद्धता छ । उनले आगामी साताभित्रै प्याकेजको विवरण तयार गर्न सम्बन्धित मन्त्रीहरुलाई निर्देशन दिएको जानकारी दिए ।

किशिदाले आवश्यक परेमा रिजर्भ सहित सरकारी कोष सुरक्षित गरेर जतिसक्दो चाँडो उपायहरू कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । जापानको मत्स्य उद्योगलाई जोगाउन सरकारले सक्दो पहल गर्ने र जनताको समर्थन प्राप्त हुने उनको धारणा छ ।

चीनसँग वार्ताका लागि आफ्नो आयात प्रतिबन्ध हटाउन मनाउनको लागि जापानका सरकारी विभागहरूले आफ्ना चिनियाँ समकक्षहरूसँग सम्पर्क राखेका र सम्भावित वार्ताका लागि निश्चित मितिहरू प्रस्तुत गरेको किशिदाले बताए । किशिदाले चीनले जतिसक्दो चाँडो जवाफ दिने आशा पनि व्यक्त गरेका छन् ।