स्कार्पियो जिप दुर्घटनामा दुई जनाको मृत्यु, चार घाइते

स्कार्पियो जिप दुर्घटनामा दुई जनाको मृत्यु, चार घाइते


दोलखाबाट काठमाडौंका लागि प्रस्थान गरेको बा.१५च ९३७० नम्बरको स्कार्पियो जिप लामोसाँघु-जिरी सडकखण्डको सुनकोसी गाउँपालिका पाँचकिलोनजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

मृत्यु हुनेमा चालक उत्तमराज महर्जन र सिन्धुपाल्चोक बाह्रबिसेका बलबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

सडकबाट करिब तीन सय मिटर तल सडकमा गाडी खसेपछि राति स्थानीयले उद्धार गरेका थिए । दुर्घटनाका घाइतेलाई उपचारका लागि धुलिखेल पठाइएको प्रहरी जनाएको छ ।