- रविन्द्र यादव, पश्चिम नवलपरासी
पश्चिम नवलपरासीको श्रीरामपुर टोलमा दुर्लभ जातका अजिङ्गर सर्प फेला परेको छ । प्रतापपुर गाउँपालिका वडा नं ५ श्रीरामपुरस्थित हरिजन टोलमा अंजिगर सर्प फेला परेको हो ।
स्थानीय जिउत चमारले आफ्ना घरपछाडि राखेको उखुको पातमा आइतबार ठुलो आकारको अजिङ्गर सर्प फेला परेको हो । करिव १० फिट लम्बाइ भएको उक्त अजिङ्गरलाई स्थानीयवासीको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको बसहिया प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक जनार्दन यादवले जानकारी दिए ।

सो अजिङ्गरलाई सुस्ता प्रतापपुर गाउँपालिका सवडिभिजन वन कार्यालय फेचुवा (बरवा)मा बुझाइएको सशस्त्र प्रहरी बोर्डर आउटपोष्ट गुठी परसौनीका सशस्त्र प्रहरी निरीक्षक सन्तोष सापकोटाले जानकारी दिए ।
सुस्ता प्रतापपुर गाउँपालिका सवडिभिजन बन कार्यालय फेचुवाबाट आएका टोलीले उक्त सर्पलाई नियन्त्रणमा लिन खोज्दा वनरक्षक रामप्यारे कोइरीलाई दाहिने हातमा टोकेर घाइते बनाएको प्रहरीले जनाएको छ । घाइते वनरक्षक कर्मचारी कोइरीलाई उपचारका लागि त्रिवेणीस्थित सर्पदंश उपचार केन्द्रमा पठाइएको छ ।
प्रतिक्रिया