सुन तस्करीमा पक्राउ परेका खरेल ओसारपसारमा संलग्न रहेको सिआईबीको खुलासा

सुन तस्करीमा पक्राउ परेका खरेल ओसारपसारमा संलग्न रहेको सिआईबीको खुलासा

घ.वि. सम्वाददाता
0
Shares

सीआईबीको अनुसन्धानका क्रममा ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका टोखाका सुमन खरेल नेपाल-भारतमा सुन ओसारपसारमा संलग्न व्यक्ति भएको खुलासा भएको छ ।

खरेल सुन ओसारपसारमा संलग्न रहेको आधार फेला पारेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले भारतबाट पक्राउ गरी उनलाई नेपाल ल्याएको हो । चिनियाँ नागरिक एलेक्स भनिने याओ पुचिङसँग उनको सम्बन्ध देखिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

पुचिङ हङकङबाट नेपालमा आउने सुनको व्यवस्थापनमा सक्रिय थिए । राजधानीको विभिन्न ठाउँमा खोलिएको सुन गाल्ने गोदाममा तयार गरिएको ढिक्का खरेलले बोकेर भारत लैजाने गरेको अनुसन्धानबाट पत्ता लागेको छ । एलेक्ससँग खरेलको नजिकको सम्बन्ध देखिएको र यसमा संलग्न अरु नेपालीको पनि खोजी भइरहेको सीआईबी स्रोतले जानकारी दिएको छ।