प्रधानमन्त्रीमाथि बम प्रहारको अभियोग लागेका जापानी युवा अझै मौन !

प्रधानमन्त्रीमाथि बम प्रहारको अभियोग लागेका जापानी युवा अझै मौन !


  • विशेष प्रतिनिधि, टोकियो (जापान)

गत अप्रिलमा जापानी प्रधानमन्त्री किशिदा फुमियोलाई लक्षित गरेर बम प्रहार गरेको संदिग्ध व्यक्तिलाई सरकारी वकिलहरूले अभियोग लगाएका छन् ।

वाकायामा जिल्ला सरकारी वकिलको कार्यालयले बुधबार २४ वर्षीय किमुरा र्युजीलाई किशिदानजिक विस्फोटक पदार्थ फ्याँकिएको अभियोग लगाएका हुन् ।

किमुराले अप्रिल १५ मा पश्चिमी जापानको वाकायामा सहरको माछा मार्ने बन्दरगाहमा किशिदानजिकै विस्फोटक प्रहार गरेको अभियोजनकर्ताहरूले आरोप लगाएका छन् । किशिदा तल्लो सदनको उपनिर्वाचनमा उम्मेदवारको चुनावी प्रचारमा भाषण दिन त्यहाँ पुगेका थिए ।

आक्रमणमा दुई जना घाइते भएका थिए । किमुरालाई घटनास्थलबाटै पक्राउ गरिएको थियो ।

विस्फोट पाइप बम भएको प्रहरीले जनाएको छ । बम मानिसलाई मार्ने वा घाइते बनाउन सक्ने अनुसन्धानबाट पुष्टि भएको उनीहरुको भनाइ छ ।

विज्ञहरूले करिब तीन महिनासम्म किमुरामाथि मनोचिकित्सक मूल्याङ्कन गरेपछि अभियोजकहरूले किमुरालाई आपराधिक रूपमा जिम्मेवार ठहराउन सकिने निर्णय गरेका थिए ।

किमुरालाई किशिदा र अन्यको हत्या प्रयास र विस्फोटक पदार्थ नियन्त्रण र सार्वजनिक कार्यालयको निर्वाचन कानूनको उल्लंघनसहित पाँचवटा आरोपमा अभियोग लगाइएको छ । पक्राउ परेदेखि उनी मौन रहेको बताइएको छ ।