पूर्पक्षका लागि जेल चलान भएका रुङ्गटा जेल नपुग्दै उच्च अदालतबाट धरौटीमा छुट्ने आदेश !

पूर्पक्षका लागि जेल चलान भएका रुङ्गटा जेल नपुग्दै उच्च अदालतबाट धरौटीमा छुट्ने आदेश !

घ.वि. सम्वाददाता
0
Shares

आत्महत्या दुरुत्साहन मुद्धामा पूर्पक्षका लागि जेल चलान भएका व्यवसायी प्रदीप रुङ्गटा एक दिन पनि जेल नबसी धरौटीमा छुट्ने आदेश पाएका छन् । व्यवसायी एवम् नेता शंकर कँडेलको आत्महत्या दुरूत्साहनसम्बन्धी मुद्दामा चितवन जिल्ला अदालतले साउन १८ गते रुङ्गटालाई पूर्पक्षका लागि जेल पठाउन आदेश दिएको थियो ।

घटना भएको तीन महिनापछि अदालतमा उपस्थित भएका रुङ्गटा अदालतको आदेशपछि पनि जेल जान मानेनन् र बिरामीको कारण देखाएर हालसम्म पनि उनी चितवन मेडिकल कलेजमा उपचार गरिरहेका छन् । जिल्ला अदालतको आदेशपछि रुङ्गटा पक्ष धरौटीमा छाड्न माग गर्दै उच्च अदालत हेटौंडा गएको थियो ।

चितवनको आदेश चित्त नबुझी उच्च अदालत गएका प्रदीप रूङ्टाको निवेदनमा उच्च अदालतले पाँच लाख ५० हजार रुपैयाँ धरौटी लिएर छाड्न आदेश सुनाएको छ । उच्च अदालतका न्यायाधिस राजेश्वर तिवारी र निर्मला शाक्यको इजलासले भदौ २१ गते रुङ्गटालाई धरौटीमा छाड्ने आदेश दिएको अदालतका सूचना अधिकारी केशवराज कौशिकले जानकारी दिनुभयो ।

आज सार्वजनिक बिदा भएकाले आइतबार रुङ्गटा धरौटीमा छुट्ने भएका छन् । अनमोल फिड्सको ८५ प्रतिशत शेयर किनेका रुङ्गटाले कम्पनीको दायित्व बोध नगरी आफुलाई तनाव दिएको भन्दै व्यवसायी कँडेलले वैशाख १९ गते आत्महत्या गरेका थिए ।