चौथो अधिवेशनको तयारीमा अन्तराष्ट्रिय पर्वत समाज

 चौथो अधिवेशनको तयारीमा अन्तराष्ट्रिय पर्वत समाज


अन्तराष्ट्रिय पर्वत समाज अधिवेशनको तयारीमा जुटेकोे छ । जिल्लाको पैयुँ र मोदी गाउँपालिकामा दोस्रो र तेस्रो अधिवेशन सम्पन्न गरेको समाजले आफ्नो चौथो अधिवेशन पर्वतको जलजला गाउँपालिकामा असौज २७ गते शनिबारका दिन गर्ने जनाएको छ ।

समाजले पर्बत जिल्लाको जलजला गाउँपालिका स्थित मल्लाज दरवारमा अधिवेशन गर्न लागेको अन्तराष्ट्रिय पर्वत समाजका उपाध्यक्ष गुणराज शर्माले जानकारी दिनुभयो । असोजको २७ (१४ अक्टोबर २०२३) गते मल्लाज दरवारमा प्रतक्ष उपस्थित भएर अधिवेशन गर्नेका लागी तयारी सुरु गरिएको शर्माको भनाई छ । पर्बत जिल्लाको जलजला गाउपालिकामा अबस्थित मल्लाज दरवार पर्बतको पर्यटकिय स्थलको रुपमा समेत परिचित छ । पर्यटकिय दृष्ट्रिकोणले महत्वपूर्ण मानिने मल्लाज दरवारको पवद्र्धन सँगै प्रचार प्रसारमा समेत टेवा पुगोस् भन्ने उदेश्यले उक्त स्थानमा कार्यक्रम आयोजना गर्न लागेको शर्माको जिकिर छ।

अन्तराष्ट्रिय पर्वत समाजको चौथो अधिवेशनबाट यसले नयाँ नेतृत्व पाउने छ । समाजले चौथो अधिवेशन विगतमा भन्दा फरक ढंगले गर्ने तयारी थालेको अन्तराष्ट्रिय पर्बत समाजको तयारी टिमले जनाएको छ । अधिवेशनमा संस्थाका सम्पूर्ण आजिवन सदस्य, कार्य समिति सदस्य, संरक्षक, सल्लाहकार, सदस्य संस्था एवम् कार्यसमिति सदस्य र विश्वभरी छरिएर रहनु भएका पर्वते दाजुभाई तथा दिदिबहिनीहरु लाई उपस्थितीका लागी समाजले बिज्ञप्ति मार्फत जानाकारी गराइएको छ।

उक्त अधिबेशन दौरान मल्लाजबाट अन्तराष्ट्रिय पर्वत समाजले कुन-कुन क्षेत्रमा लगानी गर्ने साथै संस्थाका भावी रणनितिका विषयमा कार्ययोजना समेत तय गर्ने जनाइएको छ ।

अन्तराष्ट्रिय पर्वत समाजले अधिवेशनको तयारीका लागि आर्थिक समिति संयोजक रूद्र लम्साल,ब्यबस्थापन समिति संयोजक मुना भुषाल ,प्रचार प्रसार समिति संयोजक संस्थाका महासचिब समेत रहेका मणि भुर्तेल सदस्यता बितरण समितीमा संस्थाका उपाध्यक्ष पर्शुराम पौडेल लगायतको बिभिन्न समितीहरु बनाइएको छ।

अधिबेशनको प्रमुख अतिथि लगायत विविध विषयमा बैठक बसी छिट्टै निर्णण गर्ने समेत जनाइएको छ । साथै अधिबेसन भब्य बनाउनको लागी जलजला गाउपालिका प्रमुख राजु आचार्य र प्रबक्ता बिकाश जि सी संग छलफल भईरहेको साथै अधिवेशनलाई भव्य र सभ्य बनाउन बिश्वभर छरिएर रहेका पर्वतवासीलाई समेट्ने गरि तयारी थालिएको छ।

अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष बेल्जियम निवासी झलक केसीले संस्थाले आफ्नो चौथो अधिवेशनमा जुटेको बताउँदै अधिवेशनलाई भव्य र सभ्य बनाउन लागि परेको बताउनु भयो । उहाँले आफ्नो तिन बर्षिय कार्यकालमा जिल्लाको समृद्धि र विकासमा केन्द्रीत भएर काम गरेको बताउनु भयो । अध्यक्ष केसीले अधिवेशन जिल्लाभर मात्र नभई विदेशमा पनि चासोका साथ हेरिरहेकाले यसलाई सम्पन्न गर्नका लागि सबैले आ–आफ्नो क्षेत्रबाट भूमिका खेल्न सबैलाई आग्रह गर्नुभएको छ ।

अन्तराष्ट्रिय पर्वत समाज पर्वत जिल्लाको समृद्धि र विकासमा काम गर्ने उद्देश्यले पर्वत जिल्लामा जन्मिएर विश्वभर छरिएर रहेका पर्वतेहरुको साझा संस्था हो । संस्थामा १७ देशका पर्बत जन्मघर भइ संसारभर रहेका नेपालीहरु आवद्ध रहेका छन् ।