भयानक परिवर्तनको सङ्केत : सेनाको समर्थनमा पूर्व प्रधानन्यायाधीश नेतृत्वको सरकार बनाइदिने प्रपञ्च !

भयानक परिवर्तनको सङ्केत : सेनाको समर्थनमा पूर्व प्रधानन्यायाधीश नेतृत्वको सरकार बनाइदिने प्रपञ्च !


विद्यादेवी भण्डारीको कार्यकाल सकिएपछि प्रचण्ड र शेरबहादुर देउवामाथि कल्याण श्रेष्ठलाई राष्ट्रपति बनाउन दबाब परेको थियो । थेग्नै नसकिने गरी ‘पश्चिमी वायु’को दबाब परेपछि प्रचण्डले शेरबहादुर देउवामाथि कल्याणलाई राष्ट्रपति बनाउन प्रस्ताव राखेका पनि थिए, तर देउवाले कल्याणको नाममा सहमति जनाएनन् । कुनैपनि हालतमा कल्याणलाई राष्ट्रपति बनाउन हुँदैन भन्नेमा देउवाको अडान रहेपछि प्रचण्डले आफ्नो प्रस्ताव फिर्ता लिएका थिए ।
✍ यादव शर्मा

सङ्घीय, लोकतान्त्रिक, धर्मनिरपेक्ष, गणतन्त्रात्मक प्रणालीप्रति जन-असन्तुष्टि बढ्दै गएपछि अबको विकल्प के हुनसक्ला भन्ने प्रश्नमा सर्बत्र चासो उत्पन्न हुन थालेको छ । पञ्चायतको आखिरी दशकतिर पञ्चायती ब्यवस्था र तिनका सञ्चालकहरू जति बदनाम भएका थिए, अहिले त्यसभन्दा दशौँ गुणा बढी बदनामी विद्यमान प्रणाली र यसका सञ्चालकहरूको भएको महसूस आम तवरमा गर्न थालिएको छ ।

अन्तर्राष्ट्रिय परिस्थिति, नेपाली राजनीतिमा बाह्य प्रभाव र संसद्मा उपस्थित सबै राजनीतिक दलहरूप्रतिको जन असन्तुष्टिका कारण यो राजनीतिक प्रणालीले निरन्तरता पाउनेमा आशङ्का बढेको हो । नेपाली राजनीतिमा बामपन्थी कम्युनिष्टहरूको बलियो उपस्थिति भएपनि यहाँ कम्युनिष्ट मुलुक चीनको प्रभाव कम्युनिष्ट पार्टीहरूमा समेत अत्यन्त न्यून रहेको महसूस गरिन्छ । आफूलाई माओवादी दाबी गर्ने कम्युनिष्ट पार्टीले समेत एमसीसी अनुमोदनमा निर्णायक भूमिका निर्वाह गरेपछि नेपालका कम्युनिष्ट पार्टीभित्र चिनियाँ प्रभाव कमजोर रहेको ठान्न थालिएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यस्थिति ज्यादै कमजोर भएकोले पौडेलबाट राष्ट्रप्रमुखको हैसियतमा लामो समय काम हुनसक्ने ठानिएको छैन । स्वास्थ्यकै कारण आगामी केही महिनाभित्रै पौडेलले पद त्याग गर्नुपर्ने स्थिति आउनसक्ने देखिएको छ । रामचन्द्रले पद त्याग गरेको स्थितिमा पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई राष्ट्रपति पदमा अवतरण गराउँदै सेनाको साथ लिएर भिन्न राजनीतिक स्थिति निर्माण गर्ने/गराउने तयारी भइरहेको सङ्केतहरू देखिन थालेका छन् । स्मरणीय छ, विद्यादेवी भण्डारीको कार्यकाल सकिएपछि प्रचण्ड र शेरबहादुर देउवामाथि कल्याण श्रेष्ठलाई राष्ट्रपति बनाउन दबाब परेको थियो । थेग्नै नसकिने गरी ‘पश्चिमी वायु’को दबाब परेपछि प्रचण्डले शेरबहादुर देउवामाथि कल्याणलाई राष्ट्रपति बनाउन प्रस्ताव राखेका पनि थिए, तर देउवाले कल्याणको नाममा सहमति जनाएनन् । कुनैपनि हालतमा कल्याणलाई राष्ट्रपति बनाउन हुँदैन भन्नेमा देउवाको अडान रहेपछि प्रचण्डले आफ्नो प्रस्ताव फिर्ता लिएका थिए ।

एउटा निकटतम् अवलोकनकर्ताको भूमिका मात्र चीनले निर्वाह गर्न सकेको देखिन्छ । सबै राजनीतिक दलहरूमा पश्चिमी पकड बलियो देखिएको छ । ठूलो लगानीका मिडियाहरू, न्यायालय, सेना, एनजिओ, नागरिक समाज र कर्मचारी प्रशासनमा समेत पश्चिमा प्रभाव मजबूत देखिन्छ । अर्को छिमेकी मुलुक भारतको नेपालमा चासो सर्वाधिक देखिए पनि प्रभाव स्खलित हुँदै गएको महसूस गरिन्छ । नेपालमा चीनलाई ‘शत्रु’ थापेर अघि बढ्न पश्चिमी शक्ति र भारत एक ठाउँमा देखिएको र, दुवै शक्ति एक भएर अघि बढेकोले भारतीय प्रभाव पनि मजबूत होला भन्ने देखिएको ठानिन्छ । वास्तवमा पश्चिमाहरू भारतको सहयोग र विश्वास लिँदै नेपालमा आफ्नो प्रभाव र पकड बलियो बनाउँदै जाने रणनीतिअनुरुप सक्रिय भएकोले को कति बलियो हो भन्ने कतिपय सन्दर्भमा यकिन हुन नसकिएको हो ।

नेपालमा चीन आफ्नो सूरक्षालाई लिएर ज्यादा सरोकार राख्ने स्थितिमा देखिन्छ भने यहाँ भारतको चासो सुरक्षा र ब्यापारबाहेक अरू के-के हो भन्ने अझै स्पष्ट हुन बाँकी रहेको ठानिन्छ । पश्चिमी मुलुकमध्ये नेपालमा अमेरिकी चासो अलिक बलवान देखिएको छ । विश्लेषकहरूले अमेरिकी चासोको उत्कर्ष भनेको नेपालमा सैन्य आधार खडा गर्नु भएको ठानेका छन् । पश्चिमी मुलुक नेपाली भूमिलाई रणनीतिक रूपमा उपयोग गर्न चाहन्छन् भन्ने धेरैतिरबाट पुष्टि हुँदै आएको पनि छ । यो स्पष्ट छ कि उनिहरू दुई देशबीचको सम्झौताका माध्यमबाट कानूनी आधारमै सैन्यबेस खडा गर्न चाहन्छन् । त्यसनिम्ति आफूअनुकुलको सरकार बन्नुपर्छ भन्ने सोच उनिहरूले बनाएका छन् भने त्यो अस्वाभाविक होइन । वर्तमान संसद्बाट बन्ने कुनै पनि सरकार त्यस्तो सम्झौता गर्न तयार हुने स्थितिमा संसद्भित्र नै विकल्प खोजी भइरहने निश्चित छ ।

सबै राजनीतिक दलहरूमा पश्चिमी पकड बलियो देखिएको छ । ठूलो लगानीका मिडियाहरू, न्यायालय, सेना, एनजिओ, नागरिक समाज र कर्मचारी प्रशासनमा समेत पश्चिमा प्रभाव मजबूत देखिन्छ । अर्को छिमेकी मुलुक भारतको नेपालमा चासो सर्वाधिक देखिए पनि प्रभाव स्खलित हुँदै गएको महसूस गरिन्छ ।

उता कल्याण श्रेष्ठ आफू राष्ट्रपति बन्नेमा ढुक्क थिए, जुन शक्तिको ओत उनी लागेका छन् त्यो शक्तिले विश्वास दिलाएकोले पनि हुनसक्छ, राष्ट्रपति बन्नेमा उनी विश्वस्त थिए । यसरी देउवाले इन्कार गरेपछि कल्याण शेरबहादुरको नामसमेत सुन्न नचाहने गरी क्रुद्ध बनेका छन् । देउवासँग मात्र होइन उनी प्रचण्डसँग पनि असन्तुष्ट बनेका छन् । आफू पावरमा आएपछि ‘देउवा र प्रचण्डलाई देखाइदिने’ प्रतिशोधी भावनामा कल्याण रहेको बुझिन्छ । यिनै कल्याणलाई राष्ट्रपति या प्रधानमन्त्री बनाएर काम लिने योजना अदृष्य शक्तिले बनाएको हुनाले नेपालमा कल्याणलाई अघिसारेर सेनाको शासन सुरु हुने सम्भावना बढेको छ । तर, छिमेकी मित्रराष्ट्र भारतको समर्थन बिना यो कार्य सम्भव हुने देखिन्न । अदालत, सेना र मिडिया पश्चिमी पकडमा भए पनि भारतको समर्थनबिना पश्चिमी सेना नेपाल प्रवेश गर्न नखोजेको बुझिन्छ । त्यसैले भारतले अवरोध पैदा गरेको अवस्थामा मात्र पश्चिमी योजना कार्यान्वयनमा आउन मुस्किल पर्ने देखिन्छ ।

‘मिसन चौरासी’ सफल हुने देखिएमा यसपछि बन्ने संसद्लाई आफूअनुकुल प्रयोग गर्दै अघि बढ्ने सम्भावना नरहेको होइन । तर, अन्तर्राष्ट्रिय परिस्थितिले अझै चार वर्ष लामो समय धैर्य गर्न सक्ने अवस्थामा पश्चिमाहरू हुन्छन् या हुँदैनन् भन्ने आशङ्का पैदा गराएको छ । अन्तर्राष्ट्रिय घटनाक्रमहरूले उनिहरूलाई धेरै लामो समय सुविधा मिल्ने दर्शाइरहेको छैन । त्यसैले आगामी दुई वर्षभित्रै नेपालको राजनीतिमा अस्वाभाविक ढङ्गको परिवर्तन आउनसक्ने सङ्केतहरू देखिन थालेका छन् ।

जे होस्, नेपालको निकट आगामी दिनहरू कुनै कोणबाट पनि सुखद देखिन्न । अन्तर्राष्ट्रिय स्वार्थकै कारण नेपालले निकै अप्ठ्यारो स्थितिको सामना गर्नुपर्ने अवस्था उत्पन्न भएको छ ।