समयले फेर्नेछ कोल्टे, लेख्नेछ अर्को कथा

समयले फेर्नेछ कोल्टे, लेख्नेछ अर्को कथा


✍ श्यामकृष्ण लम्साल

फेरि अर्को कथा
समयले लेख्नु छ,
फेरि अर्को कोल्टे
समयले फेर्नु छ,
इतिहासमा रम्नेहरूको
वर्तमानमा झुम्नेहरूको
साँचो कथा र व्यथाको इतिहास
समयले पर्गेल्नु परेको छ ।

आखिर समय परिवर्तनशील छ
पृथ्वी गोलो छ
समयचक्र गतिशील छ
हिजोको आज
आजको भोलिको चक्रमा मात्रै
समय घुमिरहन मिल्दैन
फेरि अर्को कथा
समयले लेख्नु छ
फेरि अर्को कोल्टे
समयले फेर्नु छ ।

  • दिङ्गला, भोजपुर