बेल्जियममा मोतीजयन्ती सम्पन्न

बेल्जियममा मोतीजयन्ती सम्पन्न


  • विशेष प्रतिनिधि, युरोप

राष्ट्रिय विभूति मोतीराम भट्टको जन्मजयन्ती बेल्जियममा एक साहित्यिक कार्यक्रम आयोजना गरी मनाइएको छ ।

अनेसास बेल्जियमका अध्यक्ष डिल्ली अम्माईको सभापतित्वमा आइतबार सम्पन्न कार्यक्रममा साहित्यकार ब्रह्म वाग्लेको विशेष आतिथ्यता रहेको थियो।

अनेसास बेल्जियमका महासचिव लोकनाथ शर्माले संचालन गरेको जन्मजयन्ती समारोहमा उपाध्यक्ष सौरभ कारंजीत, सचिव गोपाल दाहाल, साहित्यकार ब्रह्म वाग्ले, लोकनाथ शर्मा लगायतले रचना बाचन गरेर मोतीराम भट्टप्रति श्रद्धा सुमन ब्यक्त गरेका थिए ।

ज्ञातव्य छ, विक्रम सम्वत् १९२३ भाद्र कृष्ण कुशे औंसीका दिन जन्मेर १९५३ साल भाद्र कृष्ण कुशे औंसीकै दिन ३० वर्षको उमेरमा युवा कवि मोतीराम भट्टको निधन भएको थियो ।

भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि महत्वपूर्ण योगदान पुऱ्याएका थिए । नेपाली साहित्यको श्रृङ्गार रसलाई योगदान दिएका युवाकवि मोतीराम भट्टले नै गजल विधा र गद्य कवितालाई नेपाली साहित्य विधामा भित्र्याएको मानिन्छ । उनले आदिकवि भानुभक्त आचार्यको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनाका साथै नेपालमा छापाखानासमेत नेपाल भित्र्याएका थिए ।