✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर शरद ऋतु वि.सं. २०८० आश्विन २ गते तद्अनुसार सन् २०२३ सेप्टेम्बर १९ तारिख मंगलबार भाद्रपद शुक्लपक्षको चतुर्थी तिथि स्वामी नक्षत्र वैधृति योग बब करण आनन्दादिमा ध्वज योग चन्द्रमा तुला राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः५१ मा भयो र सूर्यास्त साँझ १८ः३ बजे हुनेछ । मंगलचौथी व्रत, ऋषिपञ्चमी व्रत, सप्तर्षि पूजा, धर्मविनायक राष्ट्रिय रथयात्रा ।
आजको राशिफल
मेष – आजको दिन शुभदायी रहला । अनुकूलता बढ्नेछ । भाग्यले साथ दिएकोले आर्थिक लाभ हुनुका साथै प्रेम प्रसङ्गले सुखद मोड लिनेछ । व्यवसायिक आयआर्जनमा राम्रो दिन छ । नयाँ काम सुरु गर्ने समय छ । नयाँ कामको लागि परिवारजनको सुझाव र समर्थन प्राप्त होला । प्रयास गर्दा आश मारेको धन पनि उठ्ने योग छ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।
वृष – आजको दिन सामाजिक क्षेत्रमा बढी मन जाने देखिए पनि फलदायक समय छ । कमाइ बढ्नाले मन प्रशन्न रहला । सन्तानपक्षको सुखद समाचार सुन्न पाइनेछ । आज गरेको लगानीले राम्रो प्रतिफल देला । रचनात्मक काममा जुट्ने समय छ, मित्रजनको सहयोग प्राप्त होला । पारिवारिक समस्याको समाधान मिल्नेछ । आरोग्यता बढ्नेछ । रसरागको भाव वृद्धि हुनेछ । उत्साह बढ्नेछ ।
मिथुन – समय चुनौतीपूर्ण रहला । हातहतियारबाट जोगिनुपर्ने दिन छ । अनावश्यक वादविवादमा पर्ने योग रहेकोले सावधान रहनु हितकर होला । आफ्ना अभिव्यक्ति वा विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । आर्थिक पक्ष ठिकै रहनेछ । मित्रजनको सहयोग रहने नै छ । यात्रामा सफलता प्राप्त हुनेछ ।
कर्कट – दिन सामान्य छ । जाँगरमा कमी आउनाले कामहरु अधूरै रहने सम्भावना छ । साथीभाइबाट सम्मान पाइए पनि हाकिम पक्षबाट अपजश मिल्न सक्छ । मान–सम्मानमा आघात पर्ने देखिन्छ, सावधान रहनुहोला । नयाँ कामको सुरुवात पनि आज खासै राम्रो छैन । जागिरमा पनि समस्या हुने योग छ । खर्च बढ्नेछ । बेकारको व्यस्तता रहला । खेलकुद तथा भ्रमणमा रुचि बढ्ला ।
सिंह – चल-अचल सम्पत्तिको कारोबार हुने समय छ । वैवाहिक जीवन सुखी हुने खालको दिन छ । मनमा शान्ति मिल्नुका साथै बौद्धिक कार्यहरु सफल हुनेछन् । पढाइलेखाइमा पनि प्रगति होला । सामाजिक काममा नेतृत्वदायी भुमिकामा खटिने अवसर जुर्ला, जसले मान-प्रतिष्ठा बढाउनेछ । कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुखशान्ति मिल्नेछ ।
कन्या – सबैको विश्वास जित्ने खालको समय रहेको छ । पे्रममा सुखद मिलनको अनुभव होला । प्रयत्न गर्दा व्यावसायिक काममा फाइदा उठाउन सकिनेछ । सिर्जनात्मक तथा साहित्यिक कार्यमा मन जानेछ । टाढाको यात्राबाट धनलाभ होला । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । धन मान महत्वमा कमी नआउला । कार्यगति बढ्नेछ । समस्याको समाधान मिल्नेछ ।
तुला – नचाहिने ठाउँमा धनको नाश हुने योग छ । काममा सफलता प्राप्तिका लागि ठूलै चुनौती व्यहोनुपर्ने देखिन्छ । आज स्वास्थ्यले साथ नदिन सक्छ, सावधान रहनुहोला । यात्राका क्रममा पनि विशेष सावधान रहनु हितकर हुनेछ । पीडा दिनेहरू सक्रिय रहन सक्छन्, सचेत रहनुहोला । इष्टमित्र एवम् सन्तान पक्षबाट भने सुख प्राप्त हुनेछ ।
वृश्चिक – आँट गरेको कार्य पूरा हुने समय छ । धनलाभ होला । कामहरु आज सजिलै बन्नेछन् । बुद्धिविवेकले राम्रो काम गर्नेछ । कसैबाट दह्रो समर्थन पनि पाइने योग छ । दाम्पत्यसुख बढ्नेछ । शुभ काममा आकर्षण रहला । सुख सुविधाको वस्तुमा खर्च होला । योजना र बजेट बनाएर व्यवहार गर्नु हितकर हुनेछ ।
धनु – आत्मविश्वास र पराक्रममा वृद्धि भइ धनलाभ हुने दिन छ । काममा लागिपर्ने र काम पूरा गरेरै छाड्ने अठोटले सफलता दिलाउला । अनुकुल समय छ, व्यापार व्यवशायमा उन्नति होला । मनोरञ्जनको समय रहेको छ । भाग्यबल बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागात्मक काममा आकर्षण बढ्ला ।
मकर – कार्यसफलताले मानसिक सन्तुष्टि मिल्ने समय छ । खर्च भए पनि फाइदाजनक काम बन्नाले सन्तोष मिल्ला । आर्थिक काम बन्छ तर काम गर्दा विशेष सचेतना वा होसियारी अपनाउनुहोला । आज यात्राको योग पनि छ । घरायसी समस्याले सताए पनि गरेका काम सफल हुनाले उत्साह कायम रहनेछ । कर्मबल बढ्नेछ । सन्तानको सुख प्राप्त हुनेछ । नियमकानूनले साथ दिनेछ ।
कुम्भ – आजको दिन मनमा दुविधा रहने देखिन्छ । स्वास्थ्य अलिक कमजोर रहन सक्छ । व्यक्तिगत काममा समय र धन खर्च हुनेछ । काममा विघ्नबाधा आइपर्न सक्छन् । काममा ढिलासुस्ती आउनुका साथै आर्थिक हानी हुने योग छ, सावधान रहनु होला । बौद्धिक र रचनात्मक कार्य भने बन्नेछ ।
मीन – दौडधुप बढ्ने समय छ । जोखिम बढ्ला । आज आलस्यले सताउन सक्छ, तर व्यवहारिक चिन्ताले सताए पनि प्रयास गर्दा जटिल कार्यहरु सार्थक हुनेछन् । नयाँ काममा मन जानाले गरिरहेको काम ओझेलमा पर्ला । समग्रमा आज मन खुशी नै रहला । वार्तामा सफलता मिल्नेछ । साझेदारीको काम बन्नेछ । शत्रुपक्ष परास्त होलान् ।
प्रतिक्रिया