पाकिस्तान विरोधी लेखका कारण पत्रकारलाई पुर्‍यायो हिरासत

पाकिस्तान विरोधी लेखका कारण पत्रकारलाई पुर्‍यायो हिरासत

घ.वि. सम्वाददाता
0
Shares

काठमाडौं, पाकिस्तानको विरुद्धमा लेखेको आरोपमा एक पत्रकारलाई अदालतले दुई दिनका लागि हिरासतमा पठाएको छ । ती पत्रकारलाई पाकिस्तानी संस्थाहरू विरुद्ध उत्तेजक फिचर तथा लेख लेखेको आरोप लगाईएको छ। पाकिस्तानी च्यानलका खालिद जमीललाई एआईएले बिहीबार पक्राउ गरेको थियो । एफआईएले आरोपितहरू विरुद्ध दर्ता गरेको एफआईआरमा जमीलले ट्विटरमा डरलाग्दो फोटो, भिडियो र ट्वीटहरू पोस्ट गर्ने गरेको बताएको छ।

पाकिस्तानी प्रहरीका अनुसार आरोपित पत्रकारले गलत र भ्रामक जानकारी साझा गर्दै आएको र त्यो नरोकिए पछि पक्राउ गरिएको जनाएको छ । प्रहरीका अनुसार उनको यो व्यवहारले गलत व्याख्या गरी राज्य विरोधी लेख लेख्ने कार्यका साथमा नागरिकमा डरसमेत पैदा गराउने कार्य गरिएको जनाईएको छ।