जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख भुपेन्द्र खत्रीद्वारा सूचना संकलनका लागि डिएसपी हरि खतिवडाको कमाण्डमा १५ जना सादा पोशाकका प्रहरी परिचालन गरिएको छ । चाडपर्वमा हुने चोरी-डकैती रोक्नका लागि भन्दै परिचालित सादा पोशाकमा खटिएका प्रहरी कर्मचारीले मूल दायित्वबाट बहकिएर यतिखेर सुन व्यापारी र हुण्डी कारोबारीलाई निगरानीमा राखेर धन्दा चलाइरहेको बुझिएको छ ।
प्राप्त समाचार अनुसार इन्स्पेक्टर दिपेन्द्र बहादुर बुढाथोकीको कमाण्डमा फिल्डमा रहेका सादा पोशाकका प्रहरीले न्यूरोडदेखि कमलपोखरी आसपासका सुन र हुण्डी व्यापारीलाई निगरानीमा राखेका छन् ।
कमल पोखरीमा पुरुषोत्तम अग्रवाल, पवन सेढीया, गोविन्द सेढीया, न्यूरोड पिपलबोटमा विनोद अग्रवाल, हरि अग्रवाल, खिचापोखरीमा विमल पोदवार, इन्द्रचोकमा पवन अग्रवाल कमलेस अग्रवालका व्यववसायमा निगरानी गरिरहेको समाचार प्राप्त भएको छ । २ देखि ३ जना सादा पोशाकका प्रहरी फेरबदल गर्दै राख्ने र आफ्नो मनसाय पूरा भएपछि हटाउने गरेको सुत्र बताउँछ ।
काठमाडौं जिल्लाभर सूचना संकलनका लागि परिचालित हुनुपर्ने सादा पोशाकका प्रहरी निश्चित ठाँउमा निश्चित व्यापारीको वरिपरि मात्रै किन केन्द्रीत छन भन्ने विषय रहस्यमय बनेको छ । यस विषयमा जिल्ला कमाण्डर भुपेन्द्र खत्री कति जानकार छन् त्यो भने बुझ्न सकिएको छैन ।
प्रतिक्रिया