जापानमा नेपाली विद्यार्थीले लगाए गलपासो

जापानमा नेपाली विद्यार्थीले लगाए गलपासो


  • विशेष प्रतिनिधि, (फूकुशिमा) जापान

जापान अध्ययनका लागि आएका एक नेपाली विद्यार्थी रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

धादिङ जिल्ला थाँक्रे ८ का निदेश थापा सेप्टेम्बर २७ तारिख बुधवार रुखमा पासो लगाएको अवस्थामा मृत फेला परेका हुन् ।

२३ वर्षीय थापालाई बिहान करिव ५ बजे आफु बस्ने कोठानजिकैको रुखमा पासो लगाएर झुण्डिएको अवस्थामा मृत फेला पारिएको धादिङ सम्पर्क समिति जापानले जनाएको छ ।

प्रारम्भिक रुपमा घटनाको प्रकृति हेर्दा आफैंले ज्यान लिएको देखिएको प्रहरीले जनाएको छ । यद्यपि आत्महत्याको कारण भने खुल्न नसकेको र प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।

दिनेश थापा हिगाशी निहोन कोकुसाई दाई गाकोउ फूकुशिमा केश इवाकी सिटी निहोन गाकोउमा अध्ययनरत थिए ।

धादिङ समाज जापानका अध्यक्ष श्यामहरि तिमिल्सिनाका अनुसार मृतक थापाको बुबा अस्वस्थ रहि हाल नेपालमा उपचाररत रहेको र छोराको अन्तिम दाह संस्कार नेपालमानै गर्ने इच्छा व्यक्त गरेका छन् ।

यसका लागि सम्पर्क समितिले एनआरएनए जापानमार्फत सहयोगको लागि अनुरोध गर्दै मृतक थापाको जापानमै रहेका काकाको बैंक खातामा रकम जम्मा गरेर सहयोग गरिदिन आग्रह समेत गरेको छ ।