ओखलढुङ्गा जिसस प्रमुख खनालको निधन

ओखलढुङ्गा जिसस प्रमुख खनालको निधन


जिल्ला समन्वय समिति (जिसस) ओखलढुङ्गाका प्रमुख डिल्लीराम खनालको निधन भएको छ । आमासयको ‘क्यान्सर’बाट पीडित खनालको ७३ वर्षको उमेरमा गए राति निधन भएको हो । खनाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा रहेका थिए ।

२०७९ सालको निर्वाचनबाट सिद्धिचरण नगरपालिका–३ को वडा सदस्य निर्वाचित भएपछि उनी जिसस प्रमुखमा निर्विरोध निर्वाचित भएका थिए । नेपाली कांग्रेस जिल्ला कार्यसमिति ओखलढुङ्गाका पूर्वउपसभापति, पूर्वमहासमिति सदस्यसमेत रहेका खनाल जिल्लामा कांग्रेसका अभिभावक नेता मानिन्थे ।

कांग्रेसका नेता खनालको निधनले पार्टी र सिङ्गो ओखलढुङ्गा जिल्लालाई अपुरणीय क्षति पुऱ्याएको कांग्रेस नेता एवं सांसद नेता रामहरि खतिवडाले जनाएका छन् ।

दिवंगत खनालका दुई छोरा, दुई छोरी छन् भने उनको आजै पशुपतिमा अन्त्येष्टि गरिने बताइएको छ ।