हृदयघातबाट वडाध्यक्षको निधन

हृदयघातबाट वडाध्यक्षको निधन


सप्तरीको डाक्नेश्वरी नगरपालकिाका-१ का वडाध्यक्षको निधन भएको छ ।

नगरपालकिाको वडा नम्बर ४ का वडाध्यक्ष हरिप्रसाद रायको हृदयघातका कारण निधन भएको नगरप्रमुख रामलखन मलहाले जानकारी दिएका छन् ।

६५ वर्षका वडाध्यक्ष राय पछिल्लो ६ महिनायता प्यारालाइसिसका कारण बिरामी परेका थिए । उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियमित उपचार हुँदै आएको थियो ।

हृदयघातका कारण वडाध्यक्ष रायको निधन भएको शोकमा आइतबार डाक्नेश्वरी नगरपालिकामा शोक बिदा दिइएको छ । उनी विसं २०७९ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।