चितवनको भरतपुर महानगरपालिकामा सारिएको बिरुवा उखेल्ने महिला पक्राउ परेकी छिन् । भरतपुर-३ अन्तर्गत शहीदचोक-बेलचोक सडकखण्डमा रोपिएको बिरुवा उखेल्ने २८ वर्षकी खुस्बी रौनियारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिएका छन् ।
रातको समयमा आफ्नो पसलअगाडि रहेको बिरुवा उखेलेर फालेको सिसीटिभी फुटेजको आधारमा देखिएकोले सो अभियोगमा रौनियारलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । बताइएअनुसार रौनियारले घरअगाडि रुख ठूलो भइ असर पार्ने जनाउँदै बिरुवा उखालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
गत शुक्रबार भरतपुर महानगरपालिकाले वृक्षरोपण महाअभियानअन्तर्गत महानगरपालिका प्रमुख रेनु दाहाललगायतको उपस्थितिमा सडकमा बिरुवा रोपिएको थियो ।
प्रतिक्रिया