योगराज ढकाल (रिगल) को कैद मिनाहविरुद्ध अनसन सुरु गरेकी भारती मानन्धर सर्वोच्च अदालत परिसरमै बेहोस भएर ढलेकी छन् ।
राष्ट्रपतिको कैद मिनाह गर्ने निर्णयविरुद्ध दिएको रिटको तारेख लिन उनी सर्वोच्च पुगेकी हुन् । उनी तारेख बुझेर फर्किने क्रममा अदालत परिसरमै ढलेकी हुन् ।
प्रहरीले उनलाई उठाएर केहीबेर बेञ्चमा राखेपछि अस्पताल पठाएको छ ।
प्रतिक्रिया