- डम्बर निदाल, डडेल्धुरा
चाडपर्व नजिकिएसँगै डडेल्धुरामा संयुक्त बजार अनुगमनलाई तिव्रता दिइएको छ । नेपालीहरूका महान् पर्वहरू दशैँ-तिहार नजिकिएसंगै जिल्लामा संयुक्त बजार अनुगमनलाई तिव्रता दिइएको हो ।
बिहीबार जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन, आन्तरिक राजश्व कार्यालय, उद्योग वाणिज्य संघ तथा नेपाल पत्रकार महासंघका प्रतिनिधि लगायतको संयुक्त टोलीले जिल्ला सदरमुकामको अमरगढी नगरपालिका क्षेत्रका पसलहरूमा बजार अनुगमन गरेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख केशवसिंह भण्डारीले जानकारी दिए ।
जिल्ला सदरमुकामको बागबजार क्षेत्रका २१ वटा व्यावसायिक फर्मको अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख भण्डारीले बताए । उनका अनुसार गुणस्तरहीन तथा म्याद नाघेका वस्तुहरू बरामद गरी नष्ट गरिएको छ ।
संयुक्त बजार अनुगमनलाई शुक्रबार पनि निरन्तरता दिएको छ । यस अघि बुधवार संयुक्त बजार अनुगमन टोलीले बगरकोट रोड क्षेत्रमा अनुगमन गरेको थियो । बजार अनुगमनले निरन्तरता पाउने बताइएको छ ।
प्रतिक्रिया