६१ किलो सुन तस्करी गरेको आरोपमा पक्राउ परेका २५ जनालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।
न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले उक्त प्रकरणमा २५ जनालाई थुनामा पठाउने र रुक्मिना सुब्बालाई रू. पाँच लाख धरौटी लिएर छाड्न आदेश दिएको हो ।
सुन तस्करीमा संलग्न रहेको अरोपमा नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)२९ जनामाथि मुद्दा चलाउन सिफारिस गरेको थियोे भने सरकारी वकिलको कार्यालयले निजहरूविरूद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो।
प्रतिक्रिया