जनकपुर बिग मार्टमा आगलागी, करोडौँको क्षति

जनकपुर बिग मार्टमा आगलागी, करोडौँको क्षति


धनुषास्थित जनकपुर बिग एक मार्टमा गए राति आगलागी हुँदा करोडौँको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुर उपमहानगरपालिका-९ रामानन्द चोकस्थित सो मार्टमा अकस्मात् लागेको आगो आज बिहानमात्र नियन्त्रणमा आएको छ ।

जनकपुरधाम उपमहानगरपालिकालगायत अन्य पालिकाको वारुणयन्त्र, नेपाल प्रहरी, स्थानीयलगायतको सहयोगमा आगो नियन्त्रण लिइएको थियो ।

आगलागीबाट मार्टको सम्पूर्ण सामान जलेर नष्ट भएको सञ्चालक रामबाबु रायको भनाइ छ । उनले आगलागीबाट रु १० करोडभन्दा बढीको क्षति पुगेको जिकिर गरेका छन् ।

आफूहरु मार्टको दोस्रो तलामा बसिरहेको बेला मार्टभित्र आगो लागेको थाहा भएपछि परिवारसहित भागेर ज्यान बचाउन सफल भएको रायले बताएका छन् ।