ललितपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा बज्राचार्य

ललितपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा बज्राचार्य

घ.वि. सम्वाददाता
0
Shares


पाटन (ललितपुर), ललितपुर उद्योग वाणिज्य सङ्घको अध्यक्ष पदमा विश्वराज बज्राचार्य निर्वाचित हुनुभएको छ । शनिबार भएको मतदानमा उहाँले छ सय ४६ मत प्राप्त गर्नुभएको थियो । वरिष्ठ उपाध्यक्षमा सुशन महर्जन, उपाध्यक्षमा आपुलाल अवाले ९उद्योग समूह० र उपाध्यक्षमा सुनिल शाक्य ९वाणिज्य समूह० र मेशसिंह महर्जन (संस्थागततर्फ ) विजयी हुनुभएको छ ।

महासचिव र कोषाध्यक्ष पदमा क्रमशः भूमिनन्द कर्माचार्य र राजु महर्जन निर्वाचित हुनुभएको छ । हरेक तीन वर्षमा सङ्घको नेतृत्व परिवर्तन हुने व्यवस्था रहेको निवर्तमान अध्यक्ष मनोजबहादुर न्याछ्योले जानकारी दिनुभयो ।