नेपाली मिलन केन्द्र युरोपद्वारा दशैँ तथा तिहारको शुभकामना आदानप्रदान

नेपाली मिलन केन्द्र युरोपद्वारा दशैँ तथा तिहारको शुभकामना आदानप्रदान


  • विशेष प्रतिनिधि, युरोप

बेल्जियमको आन्त्वेर्पेन शहरमा बडा दशैँ तथा तिहारको उपललक्ष्यमा नेपाली मिलन केन्द्र युरोपले एक शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ। चेलीहरुलाई तिजको दर ख्वाउने कार्यक्रम बेनेलक्सका लागि नेपाली राजदुत गेहेन्द्र राजभण्डारीको प्रमुख आतिथ्यतामा भब्य रुपले सम्पन्न गरेलगत्तै नेपाली मिलन केन्द्रले आइतबार (८ अक्टोबर) मिठो भोजनसहित दशैँतिहारको शुभकामना कार्यक्रम सम्पन्न गरेको हो।

नेपाली मिलन केन्द्र युरोपकी अध्यक्ष सुशीला खतिवडाको सभापतित्वमा सम्पन्न शुभकामना कार्यक्रमको संचालन सोही संस्थाकी महासचिव लक्ष्मी अधिकारीले गरेकी थिइन् । सँस्थाको तर्फबाट समितिका पदाधिकारी तथा सदस्यहरुले तिजको कार्यक्रमको समीक्षा गर्नुको साथै आगन्तुक सबैलाई दशैँ तथा तिहारको अग्रिम शुभकामना दिएका थिए।

शुभकामना कार्यक्रमको समापन गर्दै नेपाली मिलन केन्द्रकी अध्यक्ष खतिवडाले उपस्थित सबै संघसँस्थाका प्रतिनिधिसहित सम्पूर्ण नेपालीहरुलाई दशैँ तिहार, छठ, लोसारलगायत नेपालका चाडपर्वको एकैसाथ शुभकामना दिएकी थिइन् । त्यस्तै, शुभकामना कार्यक्रममा उपस्थित केन्द्रका सदस्य, सर्वसाधारण, ब्यीयवसायी तथा एनआरएनए प्रतिनिधिहरु काशी दनैं, मदन दवाडी, पवन सुवेदी, चन्द्र ढकाल, कान्ति अधिकारी,दामु अधिकारी, गणेश अधिकारी, ललित पोख्रेल, रंजन सिम्खडा, दीपक न्यौपाने, गोपाल दाहाल, राम पुन, बिना खतिवडा, इशा गुरुङ, निर्मला बजगाईं, तारा अम्माई, कृष्ण न्यौपाने, दुर्गा ढकाल, अर्जुन गुरुङ, शंकर बजगाईं, कृष्ण दाहाल, कविता दाहाल लगायत उपस्थित तथा अनुपस्थित सबै नेपालीलाई अध्यक्ष खतिवडाले शुभकामना ब्याक्त गरेकी थिइन् ।

सो जमघटमा उपस्थित सबैले मिठो भोजन गरेपछि सामुहिक रुपमा तस्बिर खिचाएर बडा दशैँको हार्दिकता बाँडेका थिए।