‘युद्धको चपेटामा परेर मर्नु छैन, फर्किन मन छ’: इजरायलबाट विद्यार्थी

‘युद्धको चपेटामा परेर मर्नु छैन, फर्किन मन छ’: इजरायलबाट विद्यार्थी

घ.वि. सम्वाददाता
0
Shares

काठमाडौं । प्रधानमन्त्री प्रचण्डका लागि इजरायल प्यालेस्टाइन युद्धको चपेटामा फसेका नेपाली विद्यार्थीले उद्धारको अपिल गर्दै पत्र लेखेका छन् ।

प्रधानमन्त्रीलाई पत्र लेख्दै अन्नपुर्ण गाउँपालिका २ कास्की घर भई हाल इजरायलमा फसेका सुरज भण्डारीले नेपाल फर्किने वातावरण बनाइदिन आग्रह समेत गरेका छन् ।

‘अबको हाम्रो आशा पनि तपाईं नै हो, भरोसा पनि तपाईं नै हो । यो दुई देशको चपेटामा परेर ज्यान गुमाउन मन छैन । हामीलाई हाम्रो देश आउने वातावरण मिलाइदिनुहोस् , हामी देशमा नै रमाउने छौं ।’कृषि वन विज्ञान विश्वविद्यालयबाट इजरायल गएका भण्डारीले आफ्नो पत्रमार्फत् यस्तो लेखेका हुन् ।

सरकारद्धारा उद्धार हुन्छ भन्ने अपेक्षा र विश्वासमा आफूहरूको सास रोकिएको उल्लेख गर्दै उनले तत्काल उद्धार गरिदिन आग्रह गरेका छन् ।

इजरायलमा नेपालका कृषि तथा वन विज्ञा विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीहरू अध्ययनपश्चात् तालिमसहितको रोजगारका लागि पुगेका छन् ।

सुदूरपश्चिम विश्वविद्यालयबाट गएका १० जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने केही घाइते भएका छन् । अरु विद्यार्थीहरू युद्धको चपेटामा परेका छन् ।साथै अन्य रोजगारीको सिलसिलामा पुगेका नेपालीहरु पनि युद्धको चपेटामा परेका छन् ।