प्रधानमन्त्रीद्वारा कृतज्ञता ज्ञापन
गत शनिबार इजरायलमा भएको आतङ्कवादी हमलामा मारिएका १० जना नेपाली विद्यार्थीको सम्झनामा माइतीघर मण्डलमा दीप प्रज्वलन गरिएको छ ।
लुम्बिनी विश्व शान्ति मञ्च र अनेरास्ववियु (क्रान्तिकारी) केन्द्रीय समितिले सोमबार साँझ उनीहरुको सम्झनामा दीप प्रज्वलन गरेको हो ।
दीप प्रज्वलनमा उपस्थितहरुले मृतक विद्यार्थीहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । उनीहरुले इजरायलमा रहेका नेपाली नागरिकलाई तत्काल उद्धार गरी नेपाल फर्काउन सरकारसँग माग गरेका छन् ।
प्रधानमन्त्रीद्वारा कृतज्ञता ज्ञापन

प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय शोकको घडीमा राजनीतिक दल, नागरिक समाज एकाकार भएर सरकारप्रति ऐक्यबद्धता प्रकट गरेकामा सबैप्रति कृतज्ञता ज्ञापन गरेका छन् ।
सिंहदबारमा आज भएको सर्वदलीय बैठकमा प्रधानमन्त्रीले इजरायलमा भएको आतङ्कवादी आक्रमणका कारण त्यहाँका विभिन्न स्थानमा अलपत्र परेका नेपालीको उद्धारका लागि सरकारले आवश्यक सबै तयारी गरिसकेको जानकारी दिँदै धन्यावाद ज्ञापन गरेका हुन्। उनले सरकारको प्रयासका कारण बङ्करमा फसेका नेपाली विद्यार्थीको आज उद्धार भइसकेको र नेपाल फर्कन चाहनेलाई विमान चार्टर गरी ल्याउने मन्त्रिपरिषद्ले निर्णय गरिसकेको जानकारी दिए।
प्रधानमन्त्रीद्वारा बोलाइएको उक्त बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्का उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खडका, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रतिनिधि सहभागी थिए ।
बैठकमा परराष्ट्रमन्त्री एनपी साउदले सरकारले गरेको कामबारे जानकारी दिएका थिए ।
photo: rss
प्रतिक्रिया