चितवन, इजरायलमा गत शनिबार प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले एक्कासी आक्रमण गर्दा अहिले विश्व तरंगित बनेको छ । यस घटनामा परेर इजरायलीहरु मात्र नभई नेपाली विद्यार्थीहरुले समेत ज्यान गुमान बाध्य भएका छन् ।
पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत एक महिना अघि मात्रै इजरायल पुगेका सुदूरपश्चिम विश्वविद्यालयमा अध्ययनरत १० विद्यार्थीले हमासको आक्रमणमा परि ज्यान गुमाएका छन् । यो घटनाले सबै नेपालीलाई स्तब्ध बनाएको छ । अझै कयौँ विद्यार्थीहरु बंकरमा लुकेर ज्यान जोगाई रहेका छन् भने कतिपयलाई सुरक्षित स्थानमा सारिएको छ । सरकारद्धारा विद्यार्थीहरुलाई स्वदेश फर्काउन ढिलाई भइरहँदा सरकारको आलोचना र विरोध समेत भइरहेको छ । इजरायलमा फसेका नेपाली विद्यार्थीहरुको उद्दारको माग गर्दै चितवनमा विद्यार्थी संगठनहरुले प्रदर्शन गरेका छन् ।
पूर्वीचितवनको खैरहनीस्थित रामपुर कृषि क्याम्पसका संयुक्त विद्यार्थी संगठनहरुको आयोजनामा सोमबार साँझ पर्सा बजारको चौविसकोठी चोकमा प्रदर्शन गरेका हुन् । विद्यार्थीहरुको निधन प्रति दुःख प्रकट गर्दै सरकारलाई झकझकाउन शान्ति पूर्ण प्रदर्शन गरिएको प्रदर्शनमा सहभागि नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य आशिष देवकोटाले जानकारी दिनुभयो।
विद्यार्थीहरुले सास र लास दुवै फर्काइ देउँ, ए सरकार कृषिलाई सपार्छसकी कृषिकै नाउँमा नै मार्छस्, अझै कति दिन बंकरमा बस्ने लगायत प्रश्न लेखिएको प्ले कार्डसहित विद्यार्थीहरुले शान्तिपूर्ण प्रदर्शन गरेका हुन् । यस्तै प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले गरेको आक्रमणमा परेर निधन भएका विद्यार्थीहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन समेत गरिएको थियो।
प्रतिक्रिया