काठमाडौँ, कोरियन कम्पनीहरूलाई नेपालमा लगानी गर्न अर्थमन्त्री डा. प्रकाशशरण महतले आग्रह गर्नुभएको छ। अर्थमन्त्री महतले कोरियाका उपप्रधानमन्त्री तथा अर्थमन्त्री चु क्यूङसँगको दुई पक्षीय भेटमा नेपालमा लगानी गरेका सबै विदेशी कम्पनीले राम्रो नाफा कमाइरहेको भन्दै कोरियन कम्पनीलाई पनि नेपालमा लगानी गर्न आग्रह गर्नुभएको हो।
उहाँले कोरियन लगानीकर्तालाई नेपालमा स्वागत गर्न इच्छुक रहेको समेत जानकारी गराउनुभएको छ। कोरियन उपप्रधानमन्त्रीले मन्त्री महतसँगको भेटमा नेपालको पूर्वाधार विकासमा सहयोग गर्न आफूहरू तयार रहेको बताउनुभयो । उहाँले केही कोरियन लगानीमा दोहोरो कर सम्बन्धी समस्या रहेको भन्दै त्यसलाई समाधान गर्न मन्त्री महतलाई आग्रह समेत गर्नुभयो ।
प्रतिक्रिया