सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ आजपनि स्थगित

सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ आजपनि स्थगित

घ.वि. सम्वाददाता
0
Shares

काठमाडौं, सन्दीप लामिछानेविरुद्धको मुद्दाको आज हुने भनिएको पेसी पनि स्थगित भएको छ । जिल्ला अदालत काठमाडौंले गोला प्रक्रियाका क्रममा मुद्दा स्थगित भएको जनाएको छ ।

जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माले सन्दिप लामिछाने विरुद्धको मुद्दा रहेको फाँटको सबै मुद्दा स्थगित भएको बताउनुभयो । उहाँले सरुवा भएर आउनुपर्ने सबै न्यायाधीशहरु नआईपुगेकाले गोला तान्ने क्रममा त्यो फाँटको सबै मुद्दा स्थगित भएको जानकारी दिनुभयो ।

बालिका बलात्कारको आरोप लागेका लामिछानेविरुद्धको मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ । सर्वोच्चले गत फागुनमा नै चाँडो फैसला गर्न आदेश दिएपनि जिल्ला अदालतले अहिलेसम्म अन्तिम फैसला सुनाउन सकेको छैन ।

यसअघि असोजमा नै दुई पटक पेसी चढे पनि स्थगित भएको मुद्दा आजसहित ३ पटक स्थगित भएको छ।