आजको पञ्चाङ्ग एवम् राशिफल (२६ असोज २०८० शुक्रबार, १३ अक्टोबर २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२६ असोज २०८० शुक्रबार, १३ अक्टोबर २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर शरद ऋतु वि.सं. २०८० आश्विन २६ गते तद्अनुसार सन् २०२३ अक्टोबर १३ तारीख शुक्रबार आश्विन कृष्ण पक्षको चतुर्दशी तिथि उत्तराफाल्गुणी नक्षत्र ब्रह्मा योग भद्रा करण आनन्दादिमा शुभ योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः०३ मा भयो र सूर्यास्त सांझ १७ः३६ बजे हुनेछ । शस्त्रादिबाट निधन भएकाहरुको एकोदिष्ट विधिले चतुर्दशी श्राद्ध ।

आजको राशिफल

मेष – विछोडिएका परिवारजनसँग भेटघाट हुने दिन छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । लाभ हुने काम प्रारम्भ गर्ने समय भए पनि साँझदेखि केही समस्या देखापर्न सक्छन्, सावधान रहनुहोला । साझेदारीमा फाइदा हुनेछ भने स्वादिष्ट भोजनको अवसर मिल्नेछ । आरोग्यता र साहस वृद्धि होला ।

वृष – विभिन्न अवसरले पछ्याउने समय छ । बोलीको प्रभाव बढ्ला । तथापि, पुरानो समस्याले झमेला आइलाग्न सक्छ, सचेतनाका साथ व्यवहार गर्नु हितकर हुनेछ । दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ । अध्ययन–अध्यापनमा मन नलागे पनि आत्मविश्वास बढ्नेछ । रोकिएका काम बिस्तारै बन्नेछन् । यात्रापरक काम बन्नेछ । रसरागमा आकर्षण रहला ।

मिथुन – सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिने समय भएपनि होसियारीसाथ काम लिनुपर्नेछ । दौडधुप वृद्धि होला । फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । मान–महत्व तथा पुरस्कार प्रप्तिको योग छ । जटिल समस्याको समाधान प्राप्त हुनेछ । यात्रामा सफल रहला । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – दीर्घकालसम्म लाभ हुने काममा हात हाल्ने समय छ, तर आज लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । पढाइलेखाइमा समय दिन नसकिएला । पुराना समस्या दोहोरिन सक्छन् । नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ । आरोग्यता वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । पारिवारिक सुख मिल्नेछ ।

सिंह – आजको दिन सहयोगीहरूले हात झिक्नाले अलि अप्ठ्यारोमा परिनेछ । आर्जित धन तत्काल खर्च हुन सक्छ । काममा रोकावट र कममात्र फाइदा हुने समय छ । आरोग्यता रहने छ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्ला । पारिवारिक सुखशान्ति बढ्ला ।

कन्या – नयाँ काममा हात हाल्ने समय छ । काममा मातापिताको सहयोग प्राप्त होला । नसोचेको ठाउँबाट धनलाभ हुने देखिन्छ । कृषि–चौपायाबाट लाभ मिल्नेछ । बाध्यतामा अलमलिनुपर्दा काम रोकिन पनि सक्छ । बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ । आरोग्यता बढ्नेछ । रचनात्मक काममा सफलता मिल्ला । यात्रागत कार्य सफल रहला ।

तुला – रचनात्मक काम सुरु गर्ने समय छ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । यात्रा पनि होला । दिन रमाइलैसँग बित्नेछ । आज धनलाभको सम्भावना छ, साथै टाढाको यात्राको पनि योग रहेको छ । आज कृषिबाट सामान्य लाभ उठाउन सकिनेछ । विलासी काममा आकर्षण बढ्नेछ । मित्रजनको सहयोग प्राप्त हुनेछ । आमोदप्रमोदमा रमिरहनुहुनेछ ।

वृश्चिक – साझेदारीमा समस्या आउनुका साथै पहिलेको सम्झौता भङ्ग हुन सक्छ । अरूको फाइदाका लागि उपयोग भइएला । स्वास्थ्यका लागि आज मसलाजन्य खानाबाट एकदमै सावधान रहनुहोला । पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका मिल्न सक्छ । आर्थिक काम बन्नेछ । कर्मबल वृद्धि हुनेछ । आजको दिन योजना र बजेट बनाएर मात्र कार्य गर्नु हितकर हुनेछ । आरोग्यता रहनेछ ।

धनु – सोचेको काम सफलतापूर्वक सम्पन्न होला । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रशन्न रहनेछ । कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ भने पढाइलेखाइमा प्रगति हुनेछ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी होला । असंयम व्यवहारले सम्बन्ध बिगार्न सक्छ, सजग रहनुहोला । बुद्धिको उपयोग गर्न सक्दा फाइदा हुनेछ । रसरागात्मक काममा आकर्षण बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान होला ।

मकर – परिवारजन तथा बन्धु-बान्धवबीच आत्मीय भाव बढ्नेछ । भूमि तथा मातृधनबाट लाभ लिने समय छ । पारिवारिक जमघटमा मन रमाउला, तर भेटघाटको अलमलले नोक्सान पर्न सक्छ, सावधान रहनु हितकर हुनेछ । सहयोगीहरूले राम्रै साथ दिनेछन् । पराक्रम बढ्नेछ, दायित्वलाई पूरा गर्नुहुनेछ ।

कुम्भ – बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न सकिने छ । महत्वाकांक्षी योजना फलीभूत होलान् । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । काममा लगानीको समय छ । विदेश भ्रमणका लागि प्रयत्न गर्दा सफलता मिल्ने योग छ । धन आर्जनको मौका जुर्ला । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

मीन – काममा बाधा निम्तिएपनि शुभचिन्तकहरूले साथ दिनेछन् । मेहनतले प्रशस्त लाभ उठाउन सकिनेछ । व्यापारमा राम्रै फाइदा होला । विशिष्ट व्यक्तित्वको सहयोग प्राप्त हुनेछ । अध्ययन तथा अध्यापनमा पछि परिने समय छ । दामपत्यसुख र आरोग्यता बढ्नेछ । आज आफन्तको साथ भने कमै मिल्नेछ । साझेदारीको काम बन्नेछ । समस्याको समाधान मिल्नेछ ।